हुलाकी न्यूज, काठमाडौं १६ असार । मधेशको समस्या समाधानका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको नेपाली काग्रेसका नेता दिलेन्द्र प्रसाद बडुले बताएका छन् ।

उनले नयाँ सरकार गठनका लागि राष्ट्रिय सहमति आवश्यक नरहेको तर्क गर्दै संविधानको कार्यान्वयनको लागि जसको नेतृत्वमा सरकार बनेपछि प्रमुख प्रतिपक्षी भने आवश्यक रहेको बताए ।

उनले भने,‘ सहमति सरकार गठनकोलागि होईन, संविधानको कार्यान्वयन, आवश्यक ऐन कानून निर्माण, मधेशको समस्या समाधानको लागि राष्ट्रिय सहमति आवश्यक छ ।

बडुले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार हरेक फ्रन्टमा असफल भईसकेको दावी गर्दै यो सरकारले नसके प्रतिपक्षीको नाताले आफूहरु नयाँ सरकारको लागि तयार रहेको तर्क गरे ।

उपप्रधान एवम महिला बालवालिका तथा समाजकल्याणमन्त्री सीपी मैनालीले राष्ट्रियता खतरामा परेको बेला राष्ट्रिय सहमतिको सरकार आवश्यक भए पनि एउटा बहुमतीय सरकारको ठाँउमा अर्को बहुमतीय सरकार गठनमा लाग्नुको औचित्य नभएको भन्दै अहिले नै सरकारको विकल्प खोज्ने बेला नभएको तर्क गरे ।

रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकरले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई निरन्तरता दिन एमाले र तत्कालिन एओवादीवीच भएको नौ बुँदे सहमति कार्यान्वयन नभएसम्म बजेट पारित गर्न नदिने स्पष्ट पारेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.