Bijay_sadaहुलाकी न्यूज, जनकपुरधाम १६ असार । धनुषा रघुनाथपुर वडा नम्बर ५ का १५ वर्षीय विजय सादा(मुसहर)को उपचार अभावमा मृत्यु भएको छ ।

विगत तीन महिनादेखि विरामी परेका सादाको घरको आर्थिक अवस्था कमजोर भएका कारण उपचार गराउन सकिएको थिएन ।

गाउँलेहरुको सहयोगमा उनलाई मंगलबार जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारका लागि बिहीबार काठमाडौं पठाउने तयारी भइरहेका बेला उनको मृत्यु भएको स्थानीय महादेव राउतले हुलाकी न्यूजलाई बताए ।

सादा केही महिना पहिलेसम्म काठमाडौंमा लेबरको काम गर्दै आएका थिए । काम गर्ने क्रममा उनी निर्माणधिन क्षतबाट लडेर घाइते भएपछि उनी गाउँ गएका थिए । सोही समयदेखि विरामी परेका सादाको चोटका कारण नसामा समस्या आएको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् ।

सादाका बुबा राजदेव सादाको केही वर्षपहिले मृत्यु भइसकेको थियो भने अहिले उनकी आमा आशा सादाको आर्थिक अवस्था झन् दयनिय रहेको छ ।

उनलाई उपचारमा सहयोगका लागि स्थानीयहरुले बैंक खाता समेत खोलेका थिए । उनको परिवारलाई सहयोग गर्नका लागि

नाम: आशा देवी मुसहर

A/C No. 01405050299596
Nepal investment bank

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.