
हुलाकी न्यूज, काठमाडौं १६ असार । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतलाई भेट्न नेपाली चलचित्रकी अभिनेत्री निशा अधिकारी र अभिनेता कर्मा जनकपुरधाम पुगेका थिए ।
उनीहरुले डा.राउतलाई देश विकासका लागि काम गर्न आग्रह गरे । तर डाक्टार राउतले नेपाललाई विकास आवश्यक छ भने विश्वमा द्रुत गतीमा विकास गरिरहेका छिमेकी मुलुकहरु चीन वा भारतलाई ठेक्कामा दिए पुग्ने बताए ।
डा.राउतले विकासभन्दा पनि स्वतन्त्रता र सार्वभैमता आवश्यक रहेको उनीहरुलाई बताए । त्यही भएर मधेशलाई उपनिबेशबाट मुक्त गर्न आवश्यक रहेको दोहरयाए ।
डा.राउतलाई ‘कन्भिन्स’ गर्न गएकी अभिनेतृ आफुहरुले नै नेपालको बारेमा डा.राउतसँग धेरै जानकारी पाएको सञ्चारकर्मीहरुलाई बताएकी छन् ।
भेटघाटको अन्तिममा डा.राउतले जो कोही युवाले समाजका लागि काम गरे पनि आफ्नो सहयोग रहने आश्वासन दिएको मधेशी युथ थिंक टैंकका संयोजक डा.विनय पंजियारले हुलाकी न्यूजलाई बताए ।
भेटघाटमा युनाईटेड मधेशी, नयाँ दिल्लीका संजय यादव, युवा अभियानकर्ता रियाज साफी र एक जना पुर्व नेपाली सेनाका पदाधिकारीका छोरा इसान अधिकारीसहितको उपस्थिति रहेको डा. पंजियारले बताए ।

त्यस्तै विहीबार आफ्नो फेसबुक पेजमा डा.राउतले लेखेका छन्,‘मधेशलाई विकास चाहिन्छ, राजनीति हैन – भन्नेहरुलाई एउटा सानो प्रश्न
के नेपाललाई विकास चाहिँदैन रु पक्कै चाहिन्छ, हैन रु नेपाल बनेको, विकसित भएको सबै नेपालीहरुको अटूट सपना नै हो।
त्यसो भए, विकासका लागि नेपाललाई किन ठेक्का न दिएको त रु नेपालको दुइटै छेऊमा तीव्र गतिमा विकास गरिरहेकारगरेका देशहरु छन्, चीन र भारत। तिनीहरुलाई नेपालको विकास गर्न ठेक्का दिए त भइ हाल्यो नि !
१०/१५ वर्ष मैं चीनरभारत वा अन्य विकसित देशले अपत्यारिलो तरीकाले नेपालको विकास गरिदिन सक्छन् (भ्रष्टाचारबाट हुने गरेको चूहावटको केही आंशिक भाग मात्र विकास गरे वापत लाभ लिएर)। त्यसो भए नेपाललाई ठेक्का किन न दिएको त रु किन नेपाललाई अझै गरीबी र अविकास तिर धकेल्दै लगेको त ?
बुझ्नु भो रु हो, त्यसैगरी मधेश र मधेशी जनताको सार्वभौमसत्ता र स्वतन्त्रता हामीलाई प्यारो छ, र केवल आर्थिक विकासका लागि हामी आफ्नो मधेश कसैलाई भाडामा दिन सक्दैनौं, मधेशमा कसैको औपनिवेशिक शासन हामीलाई स्वीकार्य हुँदैन।
मधेशमा नेपालीको औपनिवेश शासन अंत भए पछि त मधेश स्वतस् आर्थिक विकासको फड्को मार्ने नै छ, मधेश विकसित एवम् समृद्ध राष्ट्र बन्ने नै छ।’




Jay madhesh aapna desh Jay Dr ck raut jindabaj # # # # #
Kheet ma Paikhana jana paudaina ni ta bikas vayo vane. Doctor sap ta sachai dimag bala vaihalnu vayexa.. ….