Bhairahawa
हुलाकी न्यूज, भैरहवा १५ असार । मधेशको प्रमुख सहर मध्येका एक भैरहवाको सिद्धार्थ चौकबाट गौतम बुद्धको मुर्ति हटाएर महाकवि लक्ष्मी प्रसाद देवकोटाको मुर्ति राख्ने निर्णय गरिएको छ ।

पञ्चायतकालदेखि नै रहेको बुद्धको उक्त मुर्तिलाई गैरमधेशवादी राजनीतिक दलहरुको पहलमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले हटाउने निर्णय गरेको हो ।

उक्त निर्णयको विरोध लुम्बिनी विकास कोष र केहि बौद्धर्धमसंग सम्बन्धित संघसंस्थाहरुले गरेका छन् ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष सिदार्थ महर्जनले बुद्ध जन्मेको पवित्र स्थालमा रहेको बुद्धका मुर्तिहरु स्थानतन्रणको नाममा कोषलाई जानकारी नगराई हटाउनु आपत्तिजनक रहको बताएका छन् ।

उनले अन्तर्राष्ट्रिय रुपमा बुद्धको केन्द्र लुम्बिनी आसपासमा रहेका कुनैपनि सम्पदालाई तलमाथि गर्नु उचित नुहने भन्दै विरोध गरे ।

विरोध भएपनि प्रमुख जिल्ला अधिकारी विष्णु ढकालले कुनै विवाद नरहेको दावी गर्दै देबकोटाको मुर्ति राखिने बताए ।

यसअघि मुर्ति भएको चोकको नाम सिदार्थ चोक भएपनि नगरपालिकाले दुई वर्ष अघिमात्र देवकोटा चोक भनेर नाम फेरेको स्थानीयबासीहरुले बताएका छन् ।

6 COMMENTS

  1. Jasleyasto nirnaya garchha bhagwanko anadar garchha tyasko pagalpan yahi samaybata surubhai jindaginai narka banxa banxa-Bancxa.

  2. सिद्धार्थ चाेककाे नाम परिवर्तन गर्नु नै गलत थियाे। शहरकाे नाम सिद्धार्थ नगर, चाेककाे नाम सिद्धार्थ चाेक, सिद्धार्थकाे मूर्ति किन हटाउने? त्यहाँका सीडीयाे साब पनि बिक्नुभएछ कि क्या हाे??? बुद्धकाे मूर्ति हटाएर देवकाेटाकाे मू्ति राख्दैमा नेपालीकाे चाहना त पूरा हुँदैन, इण्डियाकाे अभिष्ट भने अवश्य पूरा हुन्छ।

  3. यो काम सरासर गलत हो यसको म पनि बिरोध गर्छु :

  4. भ्रष्ट प्र ज़ि अ बिष्णु ढकालले खाएको कालों घुसको परिणाम हो।

  5. प्रमुख जिल्ला अधिकारी विष्णु ढकाल murdabad murdabad murdabad

  6. Vinash kal viprit budhi.
    Aparipakwa nirnay ho !!! yo jasko vayepani alpa budhi ra abibekpurna nirnay ho. Bhagwan Budh ko nagarma Devkota chowk banaunu tarka sangat 6aina.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.