
हुलाकी न्यूज, पकडिया(बारा) १४ असार । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले कांग्रेस–एमाले मुक्त मधेश अभियान सुरु गरेको छ ।
मधेशलाई कांग्रेस–एमाले मुक्त बनाउने उदेश्यका साथ सुरु गरिएको फोरम नेता प्रमोद गुप्ताले बताए ।
उक्त अभियान अन्तरगत बारा जिल्लामा सयौंको संख्यामा नेता तथा कार्यकर्ताहरु कांग्रेस–एमाले पार्टी परित्याग गरी फोरममा प्रवेश गरेको गुप्ताले हुलाकी न्यूजलाई बताए ।
यस अभियान अन्तरगत पकडियामा आयोजित कार्यक्रममा सयौंको संख्यामा काँग्रेस–एमालेका कार्यकर्ताहरुले फोरमबा प्रवेश गर्दै कांग्रेस एमालेले मधेशलाई शोषण गर्दै आएको बताएका छन् ।
उक्त कार्यक्रममा नेता गुप्ताले अहिले पनि कुनै न कुनै बहना बनाई ठूला दलहरुका नेताहरुले मधेशको समस्याप्रति उदासीन रहेको बताउंदै अधिकारका लागि सबै मधेशी समुदायहरु निर्णायक आन्दोलनमा होमिनु पर्ने कुरामा जोड दिए ।
कार्यक्रममा बोल्दै संघीय समाजवादि फोरम नेपालका केन्द्रिय सदस्य तथा बारा जिल्ला ईन्चार्ज रामकिशोर प्रसाद यादवले बर्षौदेखिको शोषणबाट मुक्त हुन र आफ्नो पहिचानसहितको प्रदेशको बिकाश गर्न मधेशिहरुले कांग्रेस एमालेलाई बिर्षनुपर्ने बताए ।
चिकनी पडडिया गाबिसका नेपाली कागे्रसका पुर्व एकाई सभापति झाबु साह र नेकपा एमालेका नेता रामएकवाल ठाकुरको नेतृत्वमा १ सय ९८ जना बिभिन्न पार्टी परित्याग गरी संघिय समाजबादी फोरम नेपालमा प्रवेश गरेका छन् ।



