
हुलाकी न्यूज, काठमाडौं १३ असार । नाट्यकार महेन्द्र मलंगिया ‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार’ बाट सम्मानित भएका छन् ।
नाट्यकार मलंगिया मैथिली भाषाका प्रख्यात नाट्यकार हुन् । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले छैटौं वार्षिकोत्सवको अवसरमा नाट्य क्षेत्रका विभिन्न विधामा योगदान पु¥याउने मंलंगियासहित अन्य चार जनालाई सम्मान गरिएको हो ।
सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले सो पुस्कार हस्तान्तरण गरेकी हुन् ।
प्रतिष्ठानले नाट्य लेखन तथा निर्देशनतर्फको पुरस्कार मैथिली नाटककर्मी मलंगिया र नाटककर्मी शकुन्तला गुरुङलाई प्रदान गरेको हो ।
त्यस्तै, वाद्यवादक गोपालनाथ योगी, लोक गीतसंगीतका अनुसन्धानकर्ता प्रचण्डबहादुर बुढाथोकीलाई पनि पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि जनही एक लाख रूपैयाँ छ ।



