sadbhawana party
हुलाकी न्यूज, वीरगंज १३ असार । समृद्ध वीरगन्जका लागि सद्भावना पार्टीले बृहत् प्रदर्शन गरेको छ । सद्भावना पार्टी वीरगंज नगर कार्य समितिले सोमबार प्रदर्शन गरेको छ ।

नगर अध्यक्ष ओमप्रकाश सर्राफको नेतृत्वमा रहेको टोलीले शहरको मुख्य चौकमा कोण सभा गर्नुको साथै प्लेकार्ड सहित नगर परिक्रमा गरेका थियो ।

यहि असार २ गते प्रमुख जिल्ला अधिकारी मार्फत स्थानीय विकास मन्त्री समक्ष समृद्ध वीरगंजका लागि १६ बुंदे ज्ञापन पत्र बुझाएको थियो । कोण सभालाई सम्बोधन गर्दै नगर अध्यक्ष सर्राफले विकासको नाममा भ्रष्टाचार गर्न पाइदैन, नगरपालिकाले थप गरेको ११ वटा वडालाई बिशेष प्याकेज दिनुपर्ने, नगर क्षेत्रमा रहेका धरोहरहरुमा नगारिकको स्वामित्व हुनु पर्ने, शहिद पार्कको निर्माण अभिलम्ब गर्नुपर्ने, वीरगंज नगरको मुख्य सडक आवश्यकता अनुसार फराकिलो गर्नुपर्ने, सरकारी कार्यालय महिला मैत्री हुनुपर्ने, एकिकृत कर खारेज  हुनुपर्ने , नगरको हरेक क्षेत्रलाई सोलार बतीले उज्यालो बनाउनु पर्ने ,डुवान पर्ने क्षेत्रलाई फास्ट ट्रयाकमा निकास गर्नुपर्ने, शहरलाई क्लिन ग्रिन बनाउनु पर्ने ,पानी बिजुली ,सडक लाई प्राथमिकतामा राख्नुपर्ने जस्ता माँगहरु सम्बन्धित निकायले सम्बोधन नगरे आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिदै गलत कार्यको भण्डाफोर गर्ने बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.