अर्कना खातुन,  नयाँ दिल्ली, १३ सोमबार ।   डाक्टरको पहिलो कोसिस नै ज्यान बचाउने हुन्छ । हुन त डाक्टर भगवान होइनन् तर जाहा ज्यान बचाउने कुरा आउछ त्यहाँ सबैले डाक्टरलाई भगवान सरह नै आँखाले देख्छन् ।हुन त सरकारले  ‘क्वाक अप्रेशन’ नाम दिएर थालिएको नक्कली सर्टिफिकेट प्रकरण अभियानमा सीआईबीद्वार केही डाक्टरहरु समातिए भने अझै खोजतलास जारी नै रहेको छ ।

चाहे डाक्टर कुनै ठाउँको पनि किन न होस् प्राथमिक्ता ज्यान बचाउने नै हुनु पर्ने हो । तर आज भोलि यो पेशा एउटा पैसा कमाउने माध्यम मात्र रहेको छ । अस्पतालमा पैसा वाला बिरामी आउँदा अनेक थरिको जाँच लेखि पैसा तान्ने बाटो देखि होस् वा गरिब बिरामी आउँदा अर्को अस्पतालमा रिफर गर्ने गएिको मात्र भेटिन्छ ।

एपोलो हस्पिटलद्वारा ठगिएका तोहिद अलि मियाँ
त्यसै गरि नेपालका एक अविभावक तोहिद अलि मियाँलाई नयाँ दिल्लीको एपोलो हस्पिटलले १४ लाख रुपैयाँको ठगी गरेको छ । उनी दिल्लीमा आफ्नो ४ वर्षीय छोरी सफिलाको उपचारका लागि घरजग्गा बेचेर अप्रिल २ मा एपोलो हस्पिटलमा पुगेका थिए । त्यहाँका डांं ज्योति दया शंकरले सफिलालाई जाचे । त्यस बखत जचाउने क्रमा रु ३० हजार खर्च भएको थियो । उनलाई अस्पतालको खर्च बेहोर्न नसकिने जस्तो लागेर र उनीले यति महंगो उपचार गराउन नसक्ने कुरा अस्पताललाई बताए र गेष्ट हाउस फर्किए ।

त्यहाँका समाचार अनुसार मियाँले ‘अल इन्डिया मेडिकल इन्सिच्युट ९एम्स०मा’ उपचार गर्ने निर्णय गरेका थिए । त्यहीं बिच एपोलोबाट उनीहरुलाई फोन आयो, एकपल्ट डाक्टर तपाईको छोरीलाई हेर्न चाहन्छन् । अस्पतालको गाडी तपाईको गेष्ट हाउस अगाडि छ आइहाल्नुस् । उनले लगतै दायाँ बायाँ केहि नसोचि छोरीको उचारको लागि भनेर छोरी लिएर एपोलो हस्पिटल पुगे । त्यहाँ पुगेर डाक्टरसंग कुराकानी गर्दा त्यहाँका डाक्टरले उपचार गरिदिने कुरा बता । सफिलालाई थाइलासेमिया भएको र उनको बोनम्यारो ट्रान्सप्लान्ट सफलताका साथ गर्न सकिने बताए । र डाक्टरले यहिँ डिस्काउन्ट मिलाइ सफिलाको उपचार गर्दिन्छौ त्यसैले अन्त्य अर्को अस्पताल नजानुस भने । त्यस पछि डाक्टरले उपचारमा रु१२ लाख खर्च लाग्ने पनि बताए । छोरीको ज्यान भन्दा रकम ठूलो नरहेको बताउँदै सफिलाका बुवाले त्यति रकम जसरी पनि तिर्न स्विकारे ।

सफिलाको उपचार सुरु भयो । २३ मे मा बोन म्यारो ट्रान्सप्लान्ट गरियो र त्यसपछि सुरु भएको इन्फेक्सनले २८ मे मा सफिलाको मृत्यु भयो । सफिलाको बुवाको अनुसार श्वास चलिरहेको भन्दै १० दिन आइसियूमा राखियो । आईसियूमै रहँदा उनलाई छोरी जिवित नरहेको महशुस भएर लास मागाए। त्यसपछि अस्पतालले बच्चीको लास चाहिन्छ भने २८ लाख रुपैयाँ जम्मा गर्नुपर्ने बताए । छोरीलाई उपचार गरि मृत्युबाट बचाउन दिल्ली गएका पिताले जसोतसो १४ लाख रुपैयाँ तिरेर लास लिएर अन्त्येष्टी गरे ।

त्यसपछि आफूले पाएको दुःखलाई लिएर अस्पताललाई इमेल लेखेर पठाए तर अस्पतालले कुनै रेस्पोन्स गरेन । यो घटनामा अस्पतालले सुरुमा देखाएको हार्दिकता र अन्तिममा गरेको बेवास्तालाई लिएर अहिले भारतीय मिडियामा टीप्पणी सुरु भएको छ । सोध्न थालिएको छ, ‘एपोलो अस्पतालको नीति र नियती के हो ?

सुरुमा पैसा कमाउनको लागि गेष्ट हाउसको दैलोसम्म गाडी समेत पठाउने र पैसा लिईसकेपछि सफिलाको ज्यान पनि जोगाएनन् र संवेदना व्यक्त गर्न पनि जरुरी लागेन । के डाक्टर र अस्पतालको कुनै जिमेवारी नै छैन् ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.