sagira khatun
हुलाकी न्यूज, रौतहट १३ असार । रौतहट गाविस अकोलवा वार्ड नं. ८ निवासी शेख मोवारकको केही दिन पहिला जिल्ला कारागार भित्र समयमा उपचार नगराएको कारण मृत्यु भएको थियो ।

मृतक शेखको श्रीमतीले आफ्नो श्रीमानको उपचार नगराई र हामीलाई कुनै जानकारी नदि मृत्यु गराएको भन्दै कारागार अगाडि असार १० गतेदेखि आमरण अनशनमा बसेकी सगिरा खातुनको स्वास्थ्य अवस्था एकदमै नाजुक रहेको छ । केही दिन पहिला पनि मृतक शेखको परिवार जनले अनशनमा बसेको थियो ।

सरकार पक्षबाट पहल नगरी मृतक परिवारको समस्या समधान जस्ताको त्यस्तै छाडेको न्यायका लागि पर्खदै महिनौ बितेपछि फेरि मृतक शेख मुवारकको श्रीमतीले एका तिर ठूलो पर्व रमजाने ईद रही अर्का तिर न्यायका लागि आमरण अनशनामा बसेकी छन् ।

लोग्नेको मृत्युको दोषी जेलर उपर कानुनी कार्यवाहीको माग गर्दै असार १० गतेदेखि आमरण अनसन बसेकी स्थानीय गाउँ विकास समिति अकोल्वा वार्ड नम्बर ८ निवासी ५० वर्षीय सगिरा खातुनको स्वास्थ्य अवस्था खराव भएपछि उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको हो ।

उपचारका लागि भर्ना भएकी खातुनको शरीरमा पानीको मात्रा कम भएको चिकित्सकहरुले बताएका छन् । पीडितले खाना नखाएको कारण कमजोरी भएको र शरीरमा पानीको मात्रामा कमी भएको चिकित्सकहरुको भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.