
अंकुश श्रीवास्तव, कपिलवस्तु, १२ असार । खुला दिशामुक्त तथा सरसफाई अभियानलाई निरन्तरता दिँदै गइरहेको कपिलवस्तु जिल्लाको मुख्य अस्पतालमै शौचालयको समास्या देखिएको छ ।
दैनिक हजारौं बिरामीहरुलाई उपचार सेवा दिँदै आएको जिल्लाकै ठूलो तौलिहवास्थित वीर अस्पतालमा शौचालयको कमी त छदै छ, रहेका शौचालयहरु पनि सरसफाई र मर्मतको अभावमा बिरामीहरुलाई झन् समास्या भएको स्थानीय संतोष श्रीवास्तवले गुनासो गरेका छन् ।
विगत केही दिन यता कपिलवस्तु नगरपालिकाका संघसंस्था, सरकारी निकाय तथा युवावर्गहरुले सुरु गरेको सरसफाई अभियानमा तौलिहवा लगायतका स्थानीय क्षेत्र सफासुघर भए तपनि स्वस्थ्यसँग सम्बन्धित सरकारी संस्था नै शौचालयको सरसफाईमा ध्यान दिएको छैन ।
सो सम्बन्धमा कार्यालय प्रशासनले पनि चासो नदेखाएको कारण बिरामीहरु मर्कामा परेका श्रीवास्तवले बताएका छन् ।



