Tharuwan-3
हुलाकी न्यूज, काठमाडौं १२ जेठ ।
केही महिनादेखि सुस्त रहेको थरुहट आन्दोलन आइतबारबाट पुनः सुरु भएको छ ।

आइतबार थरुहट–थारुवान संयुक्त संघर्ष समितिले काठमाडौंमा प्रदर्शन सुरु गरेको छ ।

काठमाडौंका नयाँ बानेश्वरमा दिउँसै लालटेन बालेर थारुहरुको मागप्रति सरकारको ध्यानाकर्षण गराइएको छ ।

लामो समयसम्म आन्दोलन गरिरहँदा पनि सरकारले कुनै वास्ता नगरेको भन्दै थारु अगुवाहरुले आन्दोलन कडा हुँदै जाने बताए ।

राज्यसँग थारुहरुको दुरी बढ्दै गएकोले थारुहरु विखण्डनतर्फ लाग्न सक्ने चेतावनी थारु अगुवाहरुले दिएका थिए ।

Tharuwan_2 Tharuwan-1

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.