
हुलाकी न्यूज, काठमाडौं १२ असार । मधेशका जिल्लाहरुमा प्रहरी यातनामा कमी नआएको मानव अधिकारवादी संस्थाहरुले जनाएको छ ।
पीडितहरुको सहयोगार्थ आइतबार मनाइएको अन्तर्राष्ट्रिय दिवस २६ जुनको अवसरमा मानव अधिकारवादी संस्थाहरुले यातनामा कमी नआएको प्रतिवेदन सार्वजनिक गरे ।
राष्ट्रिय मानव अधिकार आयोग, उपक्षेत्रीय कार्यालय वुटवल, तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स), एडभोकेसी फोरम र नेपाल वार एशोसियसन रुपन्देही जिल्ला अदालत वार इकाईको संयुक्त आयोजना तथा रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारीको प्रमुख अतिथित्वमा आयोजित कार्यक्रमा यातना बढ्दै गएको मावन अधिकारवादीहरुले बताए ।
कार्यक्रममा एडभोकेसी फोरमका तर्फबाट अधिबक्ता शिव प्रसाद गौडेलले प्रस्तुतको गरेको प्रतिवेदनमा सन २०१५ मा झापामा ३४ प्रतिशत प्रतिशित बांकेमा २५.८ प्रतिशत, रुपन्देही र मोरंगमा १०.९ प्रतिशत रहेको छ ।

त्यसै गरी थर्ड एलायन्सको तर्फबाट शैलेन्द्र अम्बेडकरले प्रस्तुत गरेको प्रतिवेदनमा सन २०१६ मा मार्चदेखी जुन सम्ममा १५२ थुनुवाहरुसंग अन्र्तवार्ता गर्दा २७ प्रतिशतले यातना पाएको बताएका छन् । सन २०१४ भन्दा सन २०१५ मा यतनाको घटना बढि रहेको पाइयो । मधेश अन्दोलनमा पक्राउ परेका अन्दोलनकारीहरुलाई पनि शारीरिक तथा मानसिक यातना दिएको पाइयो ।

समान्य अर्थमा यतना भनेको शारीरिक तथा मानसिक रुपमा दुख, कष्ट, पिडा तथा अपमानजनक व्यवहार समझनु पर्दछ । यातना सम्बन्धी क्षतिपुर्ति ऐन, २०५३ को २(क) यातना भन्नाले अनुसन्धान तहकिकात वा पुर्पक्षको सिलसिलामा वा अरु कुनै किसिमले थुनामा रहेको व्यक्तिलाई दिएको शारीरिक वा मानसिक यातना समझनु पर्दछ र सो शब्दले निज संग गरिएको र्निमम, अमानवीय वा अपमानजनक व्यवहारलाई समेत जनाउँछ ।
कसरी दिइन्छ यातना ?
यानताको विधिमा पहिला भन्दा अहिले धेरैनै सुधार हुदै गएको पाइन्छ । गएको तीन वर्षको विभिन्न संघ संस्थाहरुको प्रतिवेदनलाई अध्ययन गर्द र पिडितहरुसंग अन्र्तवार्ता गर्दा यातनाका निम्न विधिहरु प्रयोग गर्दै गरेको पाइन्छ :
प्लास्टिकको पाइप र कटबाँसको लट्ठीले नितम्ब, ढाड, तिघ्रा, काँध र हातमा कुट्ने, ढाड, घाँटी र अनुहारमा मुक्काले हान्ने, काठको लामो लट्ठीले हतकेला, पाखुरा, ढाड, नितम्ब, तिघ्रा, पैताला र शरीरका अन्य भागमा, जथाभावी कुट्ने, पैतालामा कुट्दै खुटामाथि बुटले कुलचने, ज्यान मार्ने धम्की दिने, थुनुवाहरुलाई वा थुनुवा कमाण्डरहरुलाई लगाएर कुपिट गर्न लागउने, स्रोह वर्ष मुनिका वालकलाई अरु थुनुहरु संगै राख्ने गरेको, थुना भित्र नियमहरु वताउने र नियम विर्सेमा थुनुवा कमाण्डरले कुटपिट गर्ने, उठवस गर्न लगाउने, काममा लगाउने कार्यहरु गरेको पाइन्छ ।

यतना सम्बन्धी मुद्दा कार्यन्वयनको अवस्था
२०७१ साल असार महिनामा जिल्ला अदालत रुपन्देहीवाट ४ वटा यतानाका घटनाहरु फैसला भएको थियो । त्यस अघि पनि यातनाका तमाम मुद्दाहरु फैसला भएको छ । तर हाल सम्म कुनै पनि यातना पिडते क्षतिपुर्ति पाएको देखिदैन ।
मिति २०७१ जेष्ठ २८ गते जिल्ला अदालत रुपन्देहीवाट २० हजार रुपैया क्षतिपुर्ती र पिडकहरुलाई विभागीय कार्यवाहीको फैसलामा जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा क्षतिपुर्तिका लागी निवेदन दिएको एक वर्ष भन्दा वढि भइसक्यो तर हाल सम्म यातना पिडित वर्ष ६० को राम भजन अहिरले क्षतिपुर्ति पाएका छैनन । त्यसै गरीे रमेश यदाव, दिनेश तेली र सुख्खु पासीको यातना क्षतिपुर्ति मुद्दामा २०७१ असार ८ गते जनही ३÷३ हजार क्षतिपुर्ति र विभागीय कार्वाहीको फैसलामा हाल सम्म पनि क्षतिपुर्ति पाएका छैनन यसरी फैसला भएका कयौं यातना पिडितहरुले हाल सम्म क्षतिपुर्ति नपाएका शैलेन्द्र अम्बेडकरले आफनो अवधारणा पत्रमा उल्लेख गरेका छन् ।



