rizwan
हुलाकी न्यूज, काठमाडौं १२ असार । संघीय नव विचार समूहका संयोजक रिजवान अन्सारीले नेपालमा राष्ट्रिय चरित्र भएको पार्टीको आवश्यकता रहेको बताएका छन् ।

उनले देशमा रहेका सम्पूर्ण पार्टीहरु असफल भइसकेको दाबी गर्दै अब नयाँ शक्तिको आवश्यकता रहेको बताए ।

अबको आवश्यकता राष्ट्रिय चरित्रको पार्टी रहेकोले सबै समुदायलाई समेटेर पार्टी निर्माणमा जुटेको बताए ।  राजनीतिसंग घृणा नगरी देश निर्माण र राजनीतिक, सामाजिक, आर्थिक विकासका लागि राजनीतिमा आउनुको विकल्प नरहेकोले युवाहरुलाई राजनीतिमा आउन आह्वान गरे ।

संघीय नवाविचार समूह, नेपालले पार्टी केन्द्रीय कार्यालय बिजुलीबजारमा एक कार्यक्रम गरि  रजनी मल्लिकको नेतृत्वमा १९ सदस्यीय उपत्यका तदर्थ  कमिटि गठन गरेको छ ।

कमिटिमा अजय खड्का, प्रतिक्षा खड्का, माया मगर,जित माया महर्जन लगायत रहेका छन्  । कार्यक्रममा समूह नेता महावीर प्रसाद मल्लि, राजु भुजेल , दिनेश पाख्रिन लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.