
हुलाकी न्यूज, काठमाडौं १२ असार । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री शेरधन राईले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको पूर्वशर्तका कारण वार्ता हुन नसकेको बताए ।
उनले मधेशी मोर्चाले सात बुँदे मागलाई पूर्वसर्तको रुपमा अडान राखे वार्ता हुन नसक्ने स्पष्ट पार्दै वार्ता सरकारको कारणले भन्दा पनि मोर्चाकै आन्तरिक तयारी नपुगेकोले हुन नसकेको दावी गरे ।
मन्त्री राईले भने, ‘सात बुँदे माग अनुसारको संविधानको पुर्नलेखन सम्भव छैन । यो थाहा हुँदाहुँदै यो बुँदालाई किन पूर्व सर्तको रुपमा राख्यो ? यस्तो अडान राखुन्जेल वार्ता हुन सक्दैन । सरकारले संविधानलाई दराजमा राखेर वार्ता गर्दैन । वार्ता गरेर संविधान संसोधनमार्फत समाधान गर्ने हो भने सरकार लचिलो छ ।’
उनले सरकार छिटो समस्या समाधान गरेर संविधान कार्यान्वयनको लागि हतारमा रहेको भन्दै यसकोलागि सरकारले मधेशी मोर्चासँग अनौपचारिक रुपमा कुराकानी गरिरहेको जानकारी दिए ।
मन्त्री राईले भने,‘ प्रयाप्त समय लिएर मुद्दाहरुको निक्र्यौल गरौ । त्यसपछि बार्ता गरि सहमति गरेर संसोधन प्रक्रियाबाट अघि बढौ । यसकोलागि सरकार तयार छ ।’




TIMI HARU LE JE GARDA PANI THIK CHHA HAMI LE KEHI MAGDA DAR LAGCHHA.
PAHILA TA JANMAT SANGARAH GARNU PARCHHA KI PAHADI HARU YES DESH MA
BASNUTHIK HO KI NAI.ANI MATRA BARTA GARNE.