राजिव राय, महोत्तरी ११ असार । रक्सी सेवनबाट महोत्तरीमा पाँच जनाको मृत्यु पश्चात् प्रहरीले सुरु गरेको घरेलु मदिरा नियन्त्रण अभियानले तीव्रता लिएको छ ।

यसैबीच, लोकल मदिरा उत्पादन गरी बिक्री वितरणमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार हातीलेट गाविस– ४ का ३७ वर्षीय नत्थु लामा भन्ने जगतबहादुर बुलन र सहसौला–६ का विनोद महरा चमारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी जनक भट्टराईले बताएका छन् ।

असार ४ र ५ गते उनीहरूको पसलबाट किनेर खाएको मदिराले लोकल मदिरा सेवनका कारण महोत्तरीमा ज्यान गुमाउनेको संख्या ५ पुगेको थियो ।

मदिरा सेवनबाट बिरामी भएका गौशाला नगरपालिका–७ का ३५ वर्षीया कलावती देबी डोम र ४५ वर्षका बद्रि मल्लिक डोमको उपचारका मृत्यु भए पछि मृतको संख्या ५ पुगेको थियो  ।

सहसौला ६ का ७० वर्षिय रामवृक्ष मलिक डोम , ४० वर्षिय प्रकाश मल्लिक डोम र गौशाला ७ का पञ्चा मल्लिक डोमको अत्याधिक लोकल मदिरा खाँदा मृत्यु  भएको थियो ।

चिकित्सकका अनुसार स्थानीय स्तरमा उत्पादित रक्सीमा मिथाईल अल्कोहलको मात्रा अधिक हुन्छ ।

त्यसले पिउने ब्यक्तीको रगत मार्फत मस्तिष्क र आँखामा सोझै असर गर्छ । युरिया,प्लाष्टिक,चप्पल,मोजा अन्नपात गलाएर बनाईएको घरेलु रक्सी बिषाक्त हुने समेत चिकित्सकले बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.