Dipendra_jha_with_muslim
हुलाकी न्यूज, राजविराज १० असार । मधेश र मधेशीको अधिकार माग्दा राज्य र गैरमधेशी पक्षले मधेशभित्रको विविधतालाई कमजोरीको रुपमा प्रस्तुत गर्दै आएको छ ।

मधेशभित्र छुवाछुत, दाईजो प्रथा, धार्मीक विविधता र जातीय विविधतालाई राज्यले उचालेर सम्पूर्ण मधेशीलाई अधिकार दिनबाट आनाकानी गर्दै आएको छ ।

मधेशभित्रको विविधतालाई सकारात्मक तथा शक्तिको रुपमा रुपान्तर गर्न सुरु भएको क्षमा अभियान अन्तरगत विभिन्न जातजातिलाई जोड्ने प्रयास भइरहेको छ ।

क्षमा अभिायानकर्ता मध्येका एक अधिवक्ता दिपेन्द्र झाले पूर्वी मधेशको सप्तरी र सुनसनरी जिल्लाका मुसहर तथा मुस्लिमहरुलाई यस अभियानसँग जोड्ने प्रयास गरेका छन् ।

अधिवक्ता झाले विहीबार साँझ सप्तरीको राजविराज नजिकको रंजितपुर वडा ९ का जनसेवा सादाको घरमा पुगेर क्षमा माग्दै खाना खाएका छन् । दलितले छोएको अथवा दलितको घरको खाना कथित ठूला जातले नखाने गरेको अफवाहलाई झाले तोडेका छन् । उनले उक्त मुसहरी टोलका दलितहरुलाई अभियानबारे जानकारी गराएका छन् ।

Dipendra_jha_with_Mushar

त्यस्तै अधिवक्ता झाले मुस्लिमहरुलाई पनि क्षमा अभियान बारे जानकारी दिने प्रयास गरेका छन् ।

सुनसरीको श्रीपुरस्थित मस्जितमा शुक्रबार जुम्माको अवसरमा अधिवक्ता झाले मुस्लिमहरुसँगै नवाज पढेका छन् ।

अधिवक्ता झाले मुस्लिमसँगै अन्य धार्मिक विविधता भएका मधेशीहरुलाई पनि क्षमा अभियानमा जोड्ने प्रयास गरेका छन् ।

मधेशमा रहेको विविधतालाई शक्तिको रुपमा परिर्वतन तथा एकीकृत गर्न थालिएको क्षमा अभियानलाई अधिकांश व्यक्तिहरुले सकारात्मक भन्दै प्रसंशा गरेका छन् भने यस अभियानमा जोडिएका छन् ।

केही व्यक्तिहरुले यस अभियानको आलोचना गर्दै केही पक्षमा सुधार गर्नु पर्ने अभिव्यक्ति दिएका छन् ।

3 COMMENTS

  1. hame apne purwajo dwara kiya gaye anyay ka paschatap karna chahiye aur un pidit logo se maphi mangana chahiye.Tabhi hamara sansakar uchha hoga aur kal bhi.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.