Rajendra_mahato
हुलाकी न्यूज, काठमाडौं १० असार । यतिका दिनसम्म काठमाडौं केन्द्रीत आन्दोलन हुँदा पनि सरकारले कुनै वास्ता नगरेको बताउँदै सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने,‘काठमाडौंमा सरकारले रगत बगाउने चाहाना राखेको छ । काठमाडौंमा रगत बगे मात्र सरकारले सुन्नेछ ।’

पार्टीको केन्द्रीय कार्यालय नयाँ बानेश्वर काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष महतोले भने,‘मधेशी मोर्चासहित संघीय गठबन्धनले काठमाडौं केन्द्रीत आन्दोलन गर्दै आएको छ । अनसन पनि गर्दैछ । अहिलेसम्म सरकारले सुनेको छैन । काठमाडौंमा रगत बगाउने प्रतिक्षा सरकारको देखिन्छ । मधेशमा रगतको खोला बग्यो अव काठमाडौंमा पनि बग्न सक्छ ।’

अध्यक्ष महतोले आफुहरुले शान्तिपूर्ण आन्दोलन गरेको यति दिन हुँदासमेत सरकार बहिरो बनेर आन्दोलन तुहाउने सोचमा रहेको बताए । महतोले पुनः घनघोर आन्दोलन गरेर सरकारको ढुँडा टेकाउने चेतावनी दिए ।

सरकारप्रति आक्रमक हुँदै महतोले भने,‘सरकारले काठमाडौंमा रगत बगे मात्रै सुन्ने छ । मधेशमा पाँच दर्जन सहिद भए अव राज्यले काठमाडौंमा सहिद खोजेको हो ?’

काठमाडौंको खुल्ला मञ्चमा भइरहेको रिले अनसनप्रति असन्तुष्टि व्यक्त गर्दै महतोले सरकारले सांकेतिक आन्दोलन नबुझेको बताउँदै नेताहरुले आमरण अनसन सुरु गर्नु पर्ने बताए ।

2 COMMENTS

  1. अबे तु और तेरी बीबी बेटी बढे बढे गाडी मै काठमाडौँमै चलते है | मै खुद तेरी घर के पास किराएमै रहेता हु | और मधेसियोके खुन बहयेगा ? खुद कि एक बुन्द बहने वाला है नही लेकिन जब आन्दोलन खतम हो जाएगा फिर अपना असली रुप दिखायेगा |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.