
हुलाकी न्यूज, वीरगन्ज १० असार । तराई–मधेश लोकतान्त्रिक पार्टीसँग गरिएको एकता प्रस्ताव अत्यन्त सकारात्मक एवं स्वागतयोग्य रहेको सद्भावना पार्टी वीरगन्जका नेताहरुले बताएका छन् ।
सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले तमलोपाको महाधिवेशन उद्घाटन सत्रमा आफ्नो मन्तव्य राख्दै तमलोपासँग सद्भावनाको एकीकरण गर्न प्रस्ताव गरेका थिए ।
सद्भावना पार्टी वीरगन्जले राष्ट्रिय अध्यक्ष महतोको सो प्रस्तावलाई स्वागत गर्दै धन्यवादसमेत दिएका छन् । वीरगन्ज नगर अध्यक्ष ओमप्रकाश सर्राफको अध्यक्षतामा बसेको बैठकले एकता प्रस्तावलाई स्वागत गरेका हुन् ।
सो बैठकले समृद्ध वीरगंजका लापगि स्थानीय विकास मन्त्रालयमा १६ बुँदे माग राखी पठाइएको ज्ञापनपत्रमा उठाइएका मागहरु कार्यान्वयनका लागि सोमबार वीरगंजमा बृहत दवाब र्याली निकाल्ने जनाएको छ ।
यस्तै, सङ्गठन विस्तारलाई अझै तिब्रता दिने लगायतका निर्णयहरु गरेको सर्राफले जानकारी दिएका छन् ।
बैठकमा नगर सदस्यहरु प्रकाश सर्राफ, कन्हैया गुप्ता, उपेन्द्र सर्राफ, दुखी महतो, संजय पटेल, पंकज पटेल, राम असिस साह, मुस्तकिम अन्सारी, मनोज सरार्फ, शिवनाथ रौनियार, ताजुदिन हवारी, महिला मञ्चकी नगर सचिव बिना अधिकारी, युवा मञ्चका जिल्ला अध्यक्ष शेख मुना, महिला मञ्चकी नगर सचिव बिना अधिकारी, सुनिता साहा, स्थानीय नेताहरु ध्रमेन्द्र गुप्ता, नितेश गुप्ता लगायतका उपस्थिति रहेको थियो ।



