
सरोज राय
हिजो ९ असार, दोस्रो पल्ट महोत्तरीको शहिद अमित कापडको घर गएको थिए । जलेश्वरबाट ३ किमी पश्चिम उनका गाउ बखरी रोड छेउमै रहेका छन् । घर पुग्दा कोई थिएन, सबजना अमितको परिवार मनतोरिया देवीलाई जचाउन र सिडीओ कार्यालयको कामले जलेश्वर गएका थिए । मनमा आश थियो कि शहिदको परिवारलाई धेरै ठांउबाट सहयोग आएको होला र चार अन्नामा बनेको फुसको घरमा केहि विकाश भएको होला तर घर जस्ताको त्यसतो नै थियो ।
एक छिनमा त्यांहा २–३ जना बालकहरू आए जसमा दुईजना आफु अमितको सानो भाई रहेको बताए र भित्रबाट कुर्सी ल्याएर बस्न दिए ।
रियाज भाईले ति बालकहरूलाई चकलेट र चाउचाउ खान दिए र हामी उनीहरूसंग खेल्दै सानो सानो जानकारी लिन थाल्यौं ।
शहीद अमित कापडको ४ सानो भाई र तीन सानो बहिनी रहेका छन् । मात्र अमितको विहे भएको थियो र उनी मात्र १२ सदस्यी परिवारको कमासुत थिए तर उनका शहादत पछि परिवारको भार उनका ६० वर्षीय बुवा रामवृक्ष कापड माथी आई परेको छ ।
अमितभन्दा कान्छो भाई २१ वर्षीय सुजीत कापड जलेश्वर स्थित वन कार्यालयमा भान्सेको काम गर्छन् र त्यांहा बाट पाउने तलबले आफ्नो जिवीका चलाई रहेका छन् । उनीभन्दा कान्छो १७ वर्षीय सोनु कापड अमितको शहादतभन्दा पहिले गाउकै चिन्हेको आफन्त कांहा भारत काम गर्न गएका छन् र अहिलेसम्म फर्केका छैनन् । उनीभन्दा कान्छो १४ वर्षीय सन्जीत कापड भन्नलाई त सरकारी स्कुलमा कक्षा ६ मा पढछन् तर घरमा पैसाको अभाव भएको बेला कक्षा छोडेर दैनिक चार सय ज्यालामा सिमेन्टी उठाउने काम गर्न थाल्छन् ।
उनीभन्दा सानो १२ वर्षीय मन्जीत कापड गाउमै रहेको अमर ज्ञान ईंग्लिशमा कक्षा नर्सरीमा पढ्छन । योभन्दा पहिला मन्जीत सरकारी स्कुलमा कक्षा ४ मा पढेपनि ईग्लिश स्कुलमा पढ्न छुट पाए पछि क्षमता अनुसार नर्सरीमा पढ्न थाले । यता सरकारी स्कुलमा पढ़ाईको अवस्था यस्तै छन्, कक्षा ६–७ मा गएपनि कतिपयलाई आफ्नो नाउको स्पेसिंग धरी आउँदैन । सन्जीतको अवस्था पनि यस्तै छ ।
अमित कापडको तीन बहिनी मध्ये ठूलो १८ वर्षीय रेणु कापड सामान्य लेखपढ गर्न जानेकी छन् । अहिले कापडको बुवा आमालाई रेणुको बिहे गर्न पिर छ । जस्तो सुकै केटा पाए पनि दाईजोमा मोटरसाईकल र कमसे कम २–३ लाख रूपैया माँग गर्छन् रे । उनीभन्दा कान्छो ८ वर्षीय नेहा कापड अमरज्ञान स्कुलमा कक्षा नर्सरीमा पढिरहेकि छिन । उनीभन्दा कान्छो ५ वर्षीय कारी कापड त्यही स्कुलको कक्षा प्लेग्रुपमा पढिरहेकी छिन् ।

अमितको घर
हामी यही जानकारी लिंदै थिए कि जलेश्वरबाट अमीतका बुवा र आमा आई पुगिन् । आश्चर्य लाग्यो ८ महिना पछि उहांहरूलाई मेरो नाउ र चेहरा दुईटै याद रहेको छ । उहाँ जानकारी दिन थाल्नु भयो कि आज सबजना सिडीओ कार्यालय क्षतिपूर्ति लिनको लागी अन्तिम सहीछापको लागी गएको थियो तर अमितको परिवार मन्तोरिया देवीको दाहिने हातमा ठूलो घाउ भएको हुनाले सहीछाप हुन पाएन र घाउ निको हुन्जेल सम्म कुर्नु पर्ने हुन्छ । समयमा किन ईलाज गराउनु भएन प्रश्नको उतरमा अमितको आमाले पैसाको समस्या देखाउनु भयो । एकजनाले फ्रि ईलाज गरिदिन्छ भनेर एउटा डाक्टर कांहा पठायो तर उसले पनि सात सय दवाईको लि लियो–अमितको आमा अगाडी भनिन् ।
अहिले परिवारको गुजÞारा अमितको बुवा गाउ मै एकजनाको गाई भैंसीको सियार सुशार गरेर महिनाको पाउने रू ५५०० तलबबाट जसरी तसरी गरिरहेको छ ।
म भेट्न आउने मुख्य उद्देश्य उनीहरूलाई बताए । यदि एउटा सानो किराणा पसल तपाईहरूलाई सहयोगमा खोल दिंदा के तपाईहरूको दैनिकमा केहि फरक पर्छ सोध्दा उनीहरू धेरै पर्छ भन्नु भयो र यसमा कमसे कम ६०–९० हजारको पूँजी लाग्छ बताउनु भयो । हाल तपाईको लागी के गर्न सकिन्छ भन्ने प्रश्नको उतरमा छोरीको विहेको पिर वारे बताउनु भयो ।
तत्काल तपाईहरू लाई ‘हेल्प मधेशी–कÞतार च्यापटर’ बाट रू ५५०० दिने निर्णय भईसकेको र पैसा पनि पठाई सकेको हुनुपर्छ जानकारी दिए । तर तपाईको परिवारको यतार्थ बुझ्दा उक्त संस्थाबाट बढीको लागी पहल गर्ने बताए । उक्त परिवारको महिनावारी खर्च करिब करिब २० हजार रहेको जानकारी अमितको बुवाले दिनुभयो ।
त्यहीबीच अमितको कान्छो भाई सुजीत कापड अमीतको जेठो छोरा ४ वर्षीय अमन कापडलाई लिएर आयो । अति चुलबुले र स्मार्ट रहेको छ अमन, रियाजले दिएको चकलेट र खिलौना बाट एकदम खुश थिए ।
हामी खेल्दै थिए कि भित्रबाट बहिनी चिया र खाजा लिएर आयो । हामी चिया र खाजा खांदै कुरा अगाडी बढ़ाए । अंकलले जानकारी दिनु भयो कि बुहारी हात ठिक भए भन्ने क्षतिपूर्तिको १० लाख पाउने हो तर हाम्रो हातमा अलिकता पनि नगद आउंदैन । सब पैसा अमितको आमा र उनका श्रीमतिको खÞातामा जम्मा हुन्छ जसलाई अमितको छोरा १६ वर्ष भएपछि मात्र चलाउन पांउँछ । एक किसिमले यो नियम ठिक भएपनि यस परिवारको लागी उपयुक्त लागेन किनभने बिना पैसा यो परिवार गुजÞारा कसरी चलाउंछ । फेरी अमितको वुवा वृद्ध हुनलाग्नु भयो, उहाँ पछि के हुन्छ घरको अवस्था ?
यसै बिचमा मेरो मनले किराणा पसल नै उपयुक्त हुन्छ भन्यो र मनैमन एउटा अठोट लिए कि जसरी भएपनि किराणा पसलको लागी अवश्य पहल गर्नेछु ।
अब हाम्रो पनि जाने बेला भईसकेको थियो तर एउटा प्रश्नको उतर अझै खोजी रहेको थिए । आखिर अमित कापडसंग घटना कसरी भयो ?
प्रश्न सोधु कि नसोधु, दुविधामा थिए, बाहिरकोले फरक फरक सुनाउंछन् त्यसैले यो यतार्थ बुझ्न अमितको आमासंग सोधे । उहाँले विना कुनै आनाकानी प्रष्टसंग भन्नु भयो– त्यो दिन अनिल गर्ववति बुहारीलाई भारतबाट जंचाएर घर फर्के, बुहारीलाई गेट मै ओरालेर फेरी फर्किन थाल्यो ।

अमितकी आमा
बुहारीले रोक्ने धेरै प्रयाश गर्यो कि अहिले नजानलाई, यत्रो घाममा फेरी कता जानलागेको । जवाबमा छोरोले यति भन्यो– ‘सबजना अधिकारको लागी सडकमा ओर्लेछन, म चुरा लगाएर घरमा बसु । खाजा तैयार गरेर राख, बेलुका आई हाल्छु’ यति भन्दै साईकल लिएर जलेश्वर तिर लागे ।’
केहि बेर भावुक हुंदै फेरि भनिन् ‘हो बउवा, हमर अमित साईकल लाबे गेलई, तीन–चार गोडा सादा पोशाक बाला सट्टाके गोली मार देलकई, बउवा हमर ठरे प्राण छोड़ देलकई’ । (सादा पोसाकमा रहेका तीन–चार जना प्रहरीले जिउमा सटाएर गोली हाने । मेरो छोराले तत्कालै प्राण त्यागे )
म आवाक भए र सोच्न थाले के साँची नै यस्तो भएहोला, तर एउटा आमाले झुठ कसरी बोल्छ त्यो पनि बिना कुनै कारण जसको बोलीमा दर्द थियो ।
तस्बिरहरु : बीपी साह




Je bhaye pani hami madhesi harule yasto pir ma pareko pariwar lai help garnu par6 des ma bhye ra hos ya bidesh ma