राजिव राय, महोत्तरी ९ असार । महोत्तरीको सहसौलामा लोकल मदिरा खाएका पाँच जनाको मृत्यु भैसकेपछि लोकल मदिरा नियन्त्रण गर्न प्रहरीहरु  भट्टी खोज्दै हिडेका छन्  ।

लोकल मदिरा भटटीबाट १ सय ६५ लिटर मदिरा बनाउने कच्चा पदार्थ र मदिरा प्रहरीले नियन्त्रणमा लिई नष्ट गरेको ईलाका प्रहरी कार्यालय रामगोपालपुरका सई बल बहादुर माझीले  जनाएका छन ।

सो परिमाणका मदिरा तथा सो बनाउन प्रयोग गरिने कच्चा पदार्थ भने जिल्लाकै गाविस रामगोपालपुर , सोनामाई र गाविस गोरहनाबाट प्रहरीले नियन्त्रणमा लिई नष्ट गरेको जनाएको छ ।

लोकल मदिरा नियन्त्रण गर्न गत वैशाख देखि प्रहरीले ३७ भटटीबाट ४ हजार ६५५ लिटर मदिरा तथा २० हजार २६५ लिटर सो बनाउन प्रयोग गरिने कच्चा पदार्थ नष्ट गरिसकेको छ भने लोकल मदिरा नियन्त्रण गर्न अभियान नै चलाएको प्रहरी उपरिक्षक जनक भटटराई जनाएका छन् ।

सो अभियान अन्तर्गत जिल्ला मातहतका सवै प्रहरी चौकीहरुमा लोकल मदिरा नियन्त्रण गर्न सर्कुलर जारी गरिएको र सोहि अनुरुप दैनिकरुपमा हजारौ लिटरको परिमाणमा मदिरा र कच्चा पदार्थ नष्ट गर्ने गरिएको प्रहरी उपरिक्षक भटटराई बताउछन् ।

मदिराबाटै ५  जनाको ज्यान गएपछि प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादवको निर्देशन र सल्लाहमा लोकल मदिरा नियन्त्रण गर्न प्रहरी परिचालित भएको हो । त्यसतै छापा मारिएका भटटी र पसलका धनीहरुको नाम थाहा भएपनि छापा मार्ने बेला उनीहरु फरार हुने गरेकोले हालसम्म एकजनापनि पक्राउ पर्न नसकेको प्रउ भटटराई बताउँछन् ।

अबको अभियानमा त्यसता भटटी र पसलमा लोकल मदिरा वा सो बनाउने पदार्थ फेला परेमा संचालकको फाईल समेत अन्त शुल्क कार्यालयमा पठाउने र त्यो व्यक्तिको पछिसम्म पनि खोजविन गरि कार्यवाहीको दायरामा ल्याउने नया अभ्यासको थालनी गर्ने प्रउ बताउछन् ।

जलेश्वर अस्पतालका मेडिकल अधिकृत डा।राजिव झाका अनुसार लोकल मदिरामा मिलाईने स्प्रिट र युरियाले मिथाईल अल्कोहल बन्ने र सो मिथाईल अल्कोहलले स्न्यायु प्रणालीमा असर गरि स्वास प्रस्वास र धडकनमा असर पुर्याउदा मानिसको मृत्यु हुने गरेको जनाएका छन् ।

गत शनिवार मात्रै जिल्लाकै सहसौला ६ स्थित मदिरा पसलमा रक्सी खाएका सोहि ठाउ निवासीे  बर्ष ७० को राम बृक्ष मल्लीक, निज राम बृक्ष मल्लीकको छोरा बर्ष ४० को राम प्रगाश मल्ली, ज्वाई  गौशाला न.पा. वडा नंं ७ मा बस्ने बर्ष ४५ को पंचा मल्लीक र उनकी श्रीमति वर्ष ४० की कलावती देवि र  औरही वडा नंं. ३ बस्ने वर्ष ६० को बद्री मल्लिकको मृत्यु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.