हुलाकी न्यूज, काठमाडौं ९ असार । उपप्रधान तथा रक्षामन्त्री भीम रावलले मधेशमा दुई प्रदेश बनाउनु पर्ने मागबारे टेबुलमा बसेर छलफल गर्न सरकार तयार रहेको बताएका छन् ।
उनले दोस्रो संविधानसभाको निर्वाचनमार्फत ब्यक्त जनादेशले नै मधेशमा दुई प्रदेशको माग अस्विकार गरिसकेको दावी पनि गरेका छन् । उनले भने, ‘यद्यपि आफूहरु सबै विषयमा टेबलमा बसेर छलफल गर्न तयार छौं ।’
उनले मोर्चाले अघि सारेको सात बुँदे माग उनीहरुले जस्तो माने बार्ता किन चाहियो भनि प्रश्न गर्दै कसैले प्रेसमा कुरा ल्याएर यो मान्नु पर्यो भन्दैमा कुनै पनि विषय मान्न नसकिने स्पष्ट पारे ।
राष्ट्रिय स्वाधिनता, सावैभौमिकता, राष्ट्रियता र मुलुक जनताको प्रगति चाहने हो भने सबै विषयहरु वार्ताबाट टुङग्याउन सकिने भन्दै बार्ताका लागि कुनै व्यक्ति मन नपरे पनि ब्यक्तिकै कारणले वार्ता र सहमतिको प्रयत्नमा भने कुनै असर नपर्ने उनले दावी गरे ।
RAKSHI KHAU SAB THIK HUNCHHA.
RASTRIYATA KE HO?BAJAT ASADH MA LEYAUNU.CHINA LE GARE KO BHUMI ATKRAMAN KO BARE MA MAUN BASNU .PAHILA RAKSHI KHAU TAYASH PACHI RASTRIYATA KO KURA GARNU.