अर्कना खातुन, बिराटनगर, ८ असार ।
सीआईबीद्वारा छानबिन गरि शुक्रबार पक्राउ परेका बिराटनगरका चर्चित डाक्टर जावेद अख्तर अन्सारी रिहा भएका छन् । नक्कली सर्टिफिकेट प्रकरणमा सीआईबीले डा. अन्सारीलाई पक्राउ गरेका थिए । जिल्ला अदालत मोरङले डा. का सबै सर्टिफिकेटहरु सक्कली नै रहेको ठहर गर्दै उनलाई निर्दोष साबित गरेको छ ।

उनी बिराटनगर–६ स्थित लाइफ गार्ड अस्पतालका वरिष्ठ चिकित्सकको रुपमा काम गर्दै आएका हुन । सीआईबीले शुक्रबार नै बिराटनगरबाट अन्य दुई डा.हरु पक्राउ गरेका थिए । कोसी अञ्चल अस्पतालमा कार्यरत डा.सञ्जय दास र ट्रमा सेन्टर बिराटनगरमा कार्यरत डा.अब्दुल कलाम हक पनि पक्राउमा परेका थिए ।

त्यस लगतै सीआईबीले राजधानीलगायत विभिन्न जिल्लाहरुबाट शुक्रबार र शनिबार गरि ‘क्वाक अप्रेसन’ मा ३६ जना डाक्टर पक्राउ गरेका थिए । ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक नवराज सिलवालका अनुसार काठमाडौंबाट सबैभन्दा बढी १३ जना डाक्टर पक्राउ परेका छन् । ‘क्वाक अप्रेशन’ नाम दिएर थालिएको यो अभियानमा वीरगञ्जबाट ९, पाटनबाट २, सुनसरी १, बिराटनगर ३, झापा १, जनकपुर २, चितवन ३, पोखरा १ र दाङबाट एक जना डाक्टर पक्राउ परेका छन् ।

सिलवालका अनुसार ‘क्वाक अप्रेशन’मा डाक्टर पक्राउ गर्ने क्रम जारी रहने छ । प्रहरी त्यस्ता केही डाक्टरको नजिक पुगिसकेको उनले बताए ।

3 COMMENTS

  1. अदालतको पनि भर छैन ! एक नेताले भनेका थिए नेपालको न्यायलयहरु घुस खान लाइसेन्स प्राप्त जस्तै भएकोछ ! निरङ्कुश राजतन्त्रमा जस्तै अहिलेपनि न्ययालय र सेनाको बिषयमा प्रश्न गर्न पाइन्न भन्छन , डाडु पनिउ र ताला चाबी
    लिएर बसेका सभ्रान्त शासकहरु !

  2. Patient lai galat medicine diyera nalageko rog lagaune doctor ho yo. Nakkali certificate liyera barishta bhako raicha.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.