Mahanth_thakur-win
हुलाकी न्यूज, नवलपरासी(रामग्राम) ८ असार । नवलपरासीको रामग्राममा जारी तराई मधेश लोकतान्त्रिक पार्टीको महाधिवेशनमा अध्यक्ष पदका लागि महन्थ ठाकुर एक्लैको उम्मेदबारी परेपछि उनी निर्विरोध अध्यक्षमा चयन हुनु भएको छ ।

बाँकी अन्य पदका लागि प्रतिस्पर्धा तीब्र हुने देखिएको छ । वरिष्ठ उपाध्यक्षका लागि बिपि यादव र हृदयेश त्रिपाठीले उम्मेदबारी दिएका छन् भने उपाध्यक्षमा बृषेश चन्द्रलाल र शंकर लाल चौधरीले उम्मेदबारी दिएका छन् । त्यस्तै महामन्त्रीमा उमाकान्त झा, जंगीलाल राय, बृजेश गुप्ता, जितेन्द्र सोनल, विमल श्रीवास्तव र चन्दा चौधरीले उम्मेदबारी दिएका छन् ।

त्यस्तै कोषा अध्यक्षमा अनिता यादव र कविन्द्र ठाकुर, इन्द्रराज प्रसाद सिंहले उम्मेदबारी दर्ता गराएका छन् ।

त्यस्तै सहमहामन्त्रीमा सुरेश मण्डल, कृष्णा सिंह, जयप्रकाश ठाकुर, समिम मिया अंसारी, जितेन्द्र सिंह, राकेश मिश्रा, उदय किशोर तिवारी, जनार्दन यादव, अभिराम शर्मा, महाजन यादव, पशुपति दयाल मिश्र, राजेन्द्र कुमार साहसहित १२ जनाले उम्मेदबारी दिएका छन् ।

Tm-1 Tm-2 tm-3 tm-4 tm-5 tm-6 tm-7

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.