Tikapur-5
बीपी साह

टिकापुर एक थारापुरकी रमदैया चौधरी(३२) विहानै अर्काको खेतमा धान रोप्न जान्छिन् । साँझ फर्केपछि दुई सय पच्चास रुपैंया लिएर आउँछिन् । खेतमा काम गरेको दिन बजारबाट चामल, दाल, तरकारी लिएरै आउँछिन् । साँझ घर फर्केपछि स–साना तीन छोराछोरीसँग मिलेर खाना पकाएर खान्छिन् । मजदुरी गर्न नपाएको दिन छिमेकीहरुसँग मागेर खान्छिन् ।

उनीलाई हिसाबकिताब त परै जाओस् नेपाली भाषा पनि बोल्न आउँदैन । त्यही भएर उनी अरु मान्छेसँग आफ्ना दुःख पनि व्यक्त गर्न सक्दैनन् ।

आजभोलि उनलाई छोराछोरीको पढाईको पिरले सताएको छ । एक वर्षसम्म स्कुलको फिस नतिरेकोले तीन जना छोराछोरीलाई विद्यालयबाट निकाल दिने चेतावनीसहित ३५ हजारको बिल आएको छ ।

उनको १४ वर्षीय छोरा राकेश *चौधरी कक्षा ८ मा १० वर्षीय छोरी निशा कक्षा ५ मा र पाँच वर्षी अर्की छोरी लौभी चौधरी एलकेजीमा पढ्छिन् । स्कुलको बिल देखाउँदै रुन्छिन् र भन्छिन्,‘मागेर परिवार चलाउँदैछु यस्तो अवस्थामा ३५ हजारको बिल कहाँबाट तिर्ने । बिल तिरिएन भने छोराछोरीलाई स्कुलले निकाल्नेछ ।’

उनका श्रीमान बीरबहादुर चौधरीलाई नेपाल प्रहरीले पक्राउ गरेको दश महिना वित्यो । भदौ सात गते टिकापुरमा भएको आन्दोलनमा सहभागी रहेको भन्दै नेपाल प्रहरीले पक्राउ गरी उनलाई हिरासतमा राखेको छ ।

टिकापुर बजारमा लेबरको र गामघरमा खेतीपातीको काम गरेर परिवार चलाउँदै आएका बीरबहादुर पक्राउ परेपछि उनको परिवार बिच्चलीमा परेको छ ।

बीरबहादुरको घर रहेको करिब सात धुर जमिन बाहेक सम्पतिको नाममा अरु केही छैन ।

श्रीमति रमदैयासँग दुईतीन वटा बाख्रा बाहेक अरु कुनै सम्पति छैन । केही दिनअघि विरामी पर्दा केही खसी बेचेर औधषि उपचार गरेकी थिइन । अहिले छोराछोरी वा आफु नै विरामी परेको खण्डमा उपचार गर्ने पैसा पनि छैन रमदैयासँग ।

जेठ २२ गते मधेश मानव अधिकार(मधुर) यूएसए र हुलाकी न्यूज डटकमले टिकापुरमा आयोजना गरेको पीडितहरुसँगको छाक्षात्कार कार्यक्रममा रमदैयासहित २६ जना पीडितहरु सहभागी भएका थिए ।

जसमध्ये रमदैया आफ्नो कुरा थारु भाषामा बोल्दा बोल्दै करिब १० मिनेटसम्म रोएकी थिइन् । काँखे छोरी बोकेर आएकी रमदैया चौधरीको कुरा सुने पछि कार्यक्रममा सन्नाटा छाएको थियो ।

त्यसपछि हामीले उनको परिवार र उनको अवस्थाका बारेमा विस्तृत जानकारी लियौं । स्थानीय सहयोगी संस्था हुराडसकी ललिता महतोले निरन्तर उनको घरमा गएर विस्तृत जानकारी संकलन गरिन् ।

हामीले रमदैयाको परिवारलाई धान्न टिकापुर बजारमा चार चक्के ठेला(रिक्सा)मा फलफुल तथा तरकारी पसल खोल्नका लागि अभियान चलाउने भयौं । तर रमदैयाले आफुलाई नेपाली बोल्न नआउने र हिसाब पनि गर्न नआउने र छोराछोरी सानो भएकोले तरकारी पसल चलाउन नसक्ने बताइन् ।

पुनः हामीले उनको घरमा गएर कुराकानी गरेपछि पहिलेदेखि नै उनले बाख्रा पालन गर्दै आएको र अरु उन्नत जातका बाख्राहरु दिइए त्यसबाट आमदनी गरि परिवार चलाउन सक्ने बताइन् ।

हामीले रमदैयाका लागि सात वटा उन्नत जातको बाख्रा किन्न र उनका छोराछोरीको स्कुल फिस तिर्न सहयोग गर्न अभियान चलाउने भएका छौं ।

सातवटा उन्नत जातका बाख्राको पाँच हजारको दरले ३५ हजार र स्कुल फिसका लागि जति संकलन भए हामीले असार १५ गते भित्र रमदैयालाई सहयोग गर्ने जनाएका छौं ।

थरुहट आन्दोलनमा राज्यबाट पीडित रमदैया चौधरीलाई सहयोग गर्नका लागि स्थानीय टिकापुरमा युवा मानव अधिकारकर्मी ललिता महतो र स्थानीय स्वस्थ्यकर्मी कृष्ण गोजिहारले पहल गर्दै हुनु हुन्छ । हामी तीनै जनाले उनको परिवारलाई सहयोगका लागि पहल गर्न यहाँहरुलाई आग्रह समेत गर्दछौं ।

तपाईले हुलाकी न्यूजको मोबाईल नम्बर +977 – 9860316131 मा सम्पर्क गरी थप जानकारी वा सहयोगका लागि प्रतिवद्धता व्यक्त गर्न सक्नु हुनेछ । तपाईले सहयोग गरेका सम्पूर्ण विवरण हुलाकी न्यूज डटकम र स्थानीय एफएमहरुबाट प्रकाशन तथा प्रशारण हुनेछ ।

UPDATE

रमदैया चौधरीलाई पहिलो सहयोग
१) बेबी एन्जल्स इन्टरनेशनल(म्यान पावर) काठमाडौंका निर्देशक कमल कुमार यादवले ५ हाजार एक सय रुपैया सहयोग गर्ने जनाएका छन् ।

थप समाचार

 

राज्यप्रति आक्रोसित बन्दै थारु, वातावरण सहज बनाउन आग्रह

 

1 COMMENT

  1. I see you don’t monetize your blog, i know how to earn some extra money and get more visitors using one
    simple method, just search in google for; How to monetize a blog
    Twardziel advices

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.