bhairahawa
रविन्द्र प्रताप गुप्ता, भैरहवा ७ असार । पछिल्लो समयमा युवा युवतीहरुमा विकराल समस्याको रुपमा देखिएको लागू औषध दुव्र्यसनी अन्त्य गर्ने उद्देश्यले पिछडिएको समुदायको युवा युवतीहरुका लागि लागू औषध तथा दुव्र्यसनी सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम रुपन्देही जिल्लाको दक्षिणी ग्रामिण भेग मर्चवारको मझगावामा सम्पन्न भएको छ ।

जिल्ला विकास समितिको कार्यालय, रुपन्देहीको सहयोग तथा बहुउद्वेश्य विकास सेवा संस्था,रुपन्देहीको आयोजनामा उक्त अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष भोपेन्द्र यादवको अध्यक्षता तथा मझगाँवा गाविस सचिव हंसराज चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा इलाका प्रहरी कार्यालय मझँगावाका प्रहरी निरीक्षक राजकुमार श्रेष्ठ, तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स)का क्षेत्रीय संयोजक शैलैन्द्र अम्बेडकर, अधिवक्ता तथा समाजसेवी दिलीप कुमार मल्लिक, समाजसेवी दिनानाथ यादव, अग्नी शक्ति यादव लगायतले सहजीकरण गरेका थिए ।

यसअघि पनि यस संस्थाले सूर्यपुरामा समेत लागू औषध तथा दुव्र्यसनी सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.