
हुलाकी न्यूज, काठमाडौं ७ असार । सद्भावना पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अध्यक्ष राजेन्द्र महतोको अध्यक्षतामा चलिरहेको छ ।
शनिबारदेखि सुरु भएको सदभावनाको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज मंगलबार चौथो दिन पनि बसेको थियो ।
एक सातासम्म चल्ने बैठकमा पार्टीका केन्द्रीय नेताहरुको उपस्थिति रहेको छ ।
मधेशको राजनीतिक समस्या, भेदभाव, मधेश आन्दोलनको समीक्षा र आगामी कार्यनीतिबारे बैठकमा छलफल भइरहेको पार्टी स्रोतले जनाएको छ ।



