band satra
हुलाकी न्यूज, नवलपरासी ७ असार । “संघर्ष समानता और सम्मान का, मधेश राष्ट्र की पहचान का” मूल नाराका साथ तराई–मधेश लोकतान्त्रिक पार्टीको प्रथम महाधिवेशन आज दोस्रो दिन पनि जारी रहेको छ ।

नवलपरासीको रामग्राम नगरपालिकामा तमलोपाको महाधिवेशनको आज दोस्रो दिन बन्द सत्र चलिरहेको छ ।

बन्द सत्रमा मधेश आन्दोलनको समीक्षा, भावी योजना, राजनीतिक दस्तावेज, विधान संशोधन, संठनात्मक संरचना लगायतका विषयमा छलफल जारी रहेको समाचार स्रोतले बताएको छ ।

आजको बन्द सत्रपछि भोली नयाँ कार्यसमिति चयनका लागि निर्वाचन हुने जनाइएको छ ।

तमलोपा स्थापनाको ९ वर्षपछि पहिलोचोटि भइरहेको महाधिवेशनबाट पार्टी पूर्ण समावेशी र समानुपातिक हुने नेताहरुको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.