Bethari
हुलाकी न्यूज, भैरहवा ७ असार । मधेश आन्दोलनको क्रममा रुपन्देहीको बेथरीमा प्रहरीद्वारा भएको नरसंहार सम्बन्धी जाहेरी प्रहरीले लिन नमानेकोमा पुनरावेदन अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

बेथरी नरसंहारमा प्रहरीद्वारा हत्या गरिएका चार वर्षीय चन्दन पटेलको परिवारले हत्यारालाई कारवाहीको माग गर्दै प्रहरीमा जाहेरी दर्ता गराउन खोज्दा प्रहरीले जाहेरी लिएको छैन । उक्त विषयमा उनका परिवारले पुनरावेदन अदालत बुटबलमा रिट दिएपछि अदालतले सोमबार कारण देखाउ आदेश जारी गरेको हो ।

न्यायाधिश रामेश्वर राज भण्डारीको एकल इजलासले उक्त आदेश गरेको हो ।

adhesh

विस्तृत

मिति २०७२ भाद्र्र २९ गतेका दिन रुपन्देही जिल्लाको वेथरी हाट वजारमा प्रहरीले अधाधुन्ध गोली चलाउदा चार वर्षीय वालक चन्दन पटेल सिहत ६ जनाको हत्या भएको थियो । बर्ष ४ को चन्दन पटेललाई निजको आमा अनिता देवी कुर्मी रुपन्देही जिल्ला गोनहा गा.बि.स. वार्ड नं.६ बेथरी हाटबजारमा तिजमा व्रत बस्नका लागी सरसमान किन्न गएको र सरसमान किनिरहेको अवस्थामा बेथरीको मुख्य चोकमा हाटबजारले गर्दा भिडभाड भएकोले बाटो जाम हुन गएकोमा त्यहां खटिएका नेपाल प्रहरी र शसस्त्र प्रहरीले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरुले रोकेको हो भन्ने शंकामा प्रहरीले हाटबजारमा अन्धाधुन्ध गोली चलाउन थालेको र गोली चलेको अवाज सुने पछि निज अनिता कुर्मीले ४ वर्षीय वालक चन्दन पटेललाई काखमा लिएर भाग्दै हाटबजारको दक्षिण तर्फ रहेको हरिसिंह क्षेत्रीको एक तल्ले पक्की घरको गल्लीमा प्रवेश गर्न लाग्दा प्रहरीले चलाएको गोली चन्दन पटेलको टाउकोमा लागी गम्भीर घाइते भई अचेत भऐ औषधी उपचार गराउनका लागी हारगुहार गरी अस्पताल लैजान खोज्दा प्रहरीले बाटो जाम गरी तत्काल एम्वुलेन्स समेत आउन नदिए अनिता कुर्मी छोरा चन्दन पटेललाई लिएर धानको खेतको बाटो हँुदै निजको श्रीमान काम गर्ने फ्याक्ट्रीमा लिएर गए पछि एक साथीको सहयोगमा वालकलाई काखमा लिई मोटरसाइकलमा राखेर उपचारका लागी रुपन्देही जिल्लाको भैरहवा स्थित युनिभर्सल मेडिकल कलेज रानी गांउ भैरहवामा लग्दा त्यहाँ डाक्टरले चेकजाँच गर्दा वाटोमै मृत्यु भई सकेको थियो । (करिव ६ः३० वजे वाटोमा मृत्यु भएको हो)

वालकको वावु अवधेश कुर्मी भन्छन मेरो छोराको मृत्यु सम्बन्धमा विभिन्न व्यक्तिहरुबाट पता लगाउदै जा“दा मेरो छोरालाई प्रदर्शनकारीको छोराको आरोपमा मनसाय पूर्वक हत्या गरेको कुरा थाहा हुन आएकोले तत्काल शोक विव्हल भै क्रमशः केही समय बिते पछि जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा नेपालको प्रचलित मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ र १३(१) नंं. बमोजिम सजाय गरी पाउन भनि जाहेरी दिन गएको थिए । तर प्रहरीले मेरो जाहेरी लिन अस्वीकार गरयो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जाहेरी बुझन अस्वीकार गरेपछि उक्त जाहेरी मिति २०७२ चैत्र २५ गतेका दिन धयचमि धष्मभ भहउचभकक अयगचष्भच कभचखष्अभ ९ए।०ीतम। च्बmभक कगउभच mबचपभत, mष्बिल अजयधप, द्यजबष्चबजधब मार्फत जिल्ला प्रहरी कार्यालय रुपन्देहीम पाठाए । उक्त कुरियार मार्फत पठाएको जाहेरी पनि दर्ता गर्न इन्कार गरे पछि मिति २०७३  बैशाख १२ गते सरकारी मुद्दा सम्बन्धी ऐन २०४९ को दफा ३ को उपदफा ५ वमोजिम धयचमि धष्मभ भहउचभकक अयगचष्भच कभचखष्अभ ९ए।०ीतम। च्बmभक कगउभच mबचपभत, mष्बिल अजयधप, द्यजबष्चबजधब मार्फत जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा जाहेरी पाठाए र सोको बोधार्थ प्रतिलीपि राष्ट्रिय मानवअधिकार आयोग केन्द्रीय कार्यालय काठमाण्डौ र तराई मानवअधिकार रक्षक संजाल, क्षेत्रीय कार्यालय भैरहवा लगायतका कार्यालयहरुमा दर्ता गराएको छु ।

तसर्थ सो जाहेरी दर्ता गरेको वा दरपीठ गरेको बिषयमा म निवेदकलाई कुनै किसिमको जानकारी छैन । अनुसन्ंधान गर्नको लागि बिपक्षी नं. १ लाई निवेदन दर्ता नगरेको तथा दर्ता नगर्ने कारण समेत नदिएकोले नेपालको संबिधानको धारा १६, धारा ४६ को बिपरित कार्य गरेको भएको प्रष्ट छ । यसर्थ मिति २०७२ चैत्र २५ गतेमा धयचमि धष्मभ भहउचभकक अयगचष्भच कभचखष्अभ ९ए।०ीतम। च्बmभक कगउभच mबचपभत, mष्बिल अजयधप, द्यजबष्चबजधब मार्फत प्रेषित जाहेरी दरखास्त दर्ता गर्न र मृत्यु सम्बन्धमा समय सिमा तोकेर निष्पक्ष तथा विश्वसनीय अनुसंधान गर्नु कुनै हेल चक्र्याइ नगर्नु, तथा अनुसन्धानको आवधिक प्रतिवेदन प्रत्येक महिना सम्मानित अदलातलाई समेत बुझाउनु भनी बिपक्षीहरुको नाउँमा परमादेशको आदेश जारी गरी पुर्ण न्याय पाँऊ । मिति २०७३ असार ५ गते मृतक चन्दन पटेलका वावु अवधेश प्रसाद कुर्मीले श्री पुनरा वेदन अदालत वुटवलमा परमादेशको मुद्दा दायर गरेको म आज माननीय न्यायाधिश श्री रामेश्वर राजभण्डारीको  एकल इजलासले यसमा के कसो भएको हो ? निवेदकको माग वमोजिम आदेश किन जारी हुनु नपर्ने  हो ? आदेश जारी हुनु नपर्ने कुनै अधार कारण भए सो समेत खुलाई वाटाका म्याद वाहेक १५ दिन  भित्र विपक्षीहरुको हकमा श्री पुनरावेदन सरकारी वकिल कार्यालय वुटवल मार्फत लिखित जवावा लिई आउनु होला भनी प्रस्तुत आदेश र निवेदनको प्रतिलिपि समेत साथै राखी विपक्षीहरुका नाउँमा म्याद सुचना जारी गरी  लिखित जवाव परे पछि वा अवधी नाघे पछि नियमा अनुसार पेश गर्नु होला भनी आदेश गरेको छ ।

 

1 COMMENT

  1. I have seen it with my eyes… all incidents…..what happened and how happened….. RIP to all martyrs …..

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.