Kabir_jaynti
हुलाकी न्यूज, काठमाडौं ७ असार । कवि तथा दार्शनिक कवीर दासको जयन्ती मनाइएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी भोजपुरी अध्ययन तथा अनुसन्धान केन्द्रले कवीर जयन्ती मनाएको हो ।

सोमबार नै विश्व भोजपुरी दिवस पनि मनाइएको हो ।

कवीर जयन्तीको अवसरमा अनुसन्धान केन्द्रद्वारा आयोजित कार्यक्रममा विभिन्न भाषाका कवि तथा साहित्यकारहरुले आ–आफ्ना प्रस्तुती दिएका थिए ।

प्राज्ञ पुष्पा ठाकुर प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा पूर्वराजदुत एवं निर्वाचन आयुक्त रामभक्त पीवी ठाकुरसहित विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा कवीर दासका दोहा लगायत उहाँको जीवनमाथि विभिन्न व्यक्तिहरुले चर्चा गरेका थिए ।

कार्यक्रममा इम्तियाज वफा, धीरेन्द्र प्रेमर्षी, गोपाल ठाकुर, डा.रामदयाल राकेश, भोजपुरी साहित्यकार रोशन गुप्तासहितले प्रस्तुती दिएका थिए ।

कार्यक्रमको अध्यक्षता गरेका अनुसन्धान केन्द्रका अध्यक्ष आनन्द गुप्ताले भोजपुरी दिवसलाई आगामी वर्षदेखि भव्यताका साथ मनाउने बताए ।

Bhojpuri_diwas Bhojpuri_diwas1

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.