
हुलाकी न्यूज, रामग्राम, नवलपरासी ६ असार । तराई–मधेश लोकतान्त्रिक पार्टीको पहिलो महाधिवेशनको उद्घाटन सत्र भव्य रुपमा सम्पन्न भएको छ ।
महाधिवेशनको उद्घाटन सत्रमा नेपाल र भारतका नेताहरुको उपस्थिति रहेको थियो ।
पार्टीका अध्यक्ष महन्थ ठाकुरले महाधिवेशनको उदघाटन गरेका थिए ।
उदघाटन कार्यक्रममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर राणालगायत गैरमधेशी पार्टीका नेताहरुको उपस्थिति रहेको थियो ।
त्यस्तै सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, संघीय समाजवादी फोरम नेपालका नेता लालबाबु राउतसहित मधेशवादी पार्टीका नेताहरुको उपस्थिति रहेको थियो ।
भारतका नेताहरु भगत सिंह कुसियारी र डा।हरिबंश प्रसाद सिंहसहितको सहभागिता रहेको महाधिवेशन आयोजक समिति सदस्य सुरेश मण्डलले बताए ।
उद्घाटन सत्रमा थारु–अवधी तथा विभिन्न क्षेत्रका झाँकी प्रदर्शन गर्नुका साथै विभिन्न साँस्कृतिक कार्यक्रमहरु भएको थियो ।
सोमबार दिउँसोबाट सुरु भएको उदघाटन सत्रमा अत्याधिक संख्यामा मधेशीहरुको सहभागिता रहेको थियो । सोमबार राती सहभागीहरुको दर्ता तथा कार्यविधि बनाइनेछ भने मंगलबार विहानबाट बन्द सत्र हुने जनाइएको छ ।




