
हुलाकी न्यूज, नवलपरासी ६ असार । तराई मधेश लोकतान्त्रिक पार्टीको पहिलो महाधिवेशनको उदघाटन सत्रको मञ्चबाटै सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पार्टी एकीकरणका लागि आग्रह गरेका छन् ।
नवलपरासीको रामग्राममा आयोजित महाधिवेशनको उदघाटन सत्रमा अतिथिका रुपमा गएका महतोले मधेशमा पार्टी एकीकरणको आवश्यकता रहेको बताउँदै उक्त आग्रह गरे ।
शुभकामना व्यक्त गर्ने क्रममा महतोले भने,‘मधेशमा अहिले पार्टी एकीकरणको आवश्यकता छ । हाम्रो पार्टीले मधेशवादी पार्टीहरुबीच एकीकरण हुनु पर्ने निष्कर्ष निकालेको छ । त्यसैले म यही मञ्चबाट तमलोपालाई पार्टी एकीकरणमा सहभागी हुन आग्रह गर्दछु ।’
महतोले पार्टी एकीकरणका लागि प्रस्ताव गर्दा उदघाटन सत्रमा सहभागीहरु खुशी हुँदै तालि बजाएका थिए ।




श्रदेय महतो जि त सधै एकीकरणको पक्षंमा हुनुहुन्छ, त्यसको निम्ति आवश्यक त्याग गर्न पनि त्यार हुनुहुन्छ, तर एकीकरण गर्न अर्को पक्ष पनि उतिकै त्यार हुनुपर्ने हो, गम्भीर हुनुपर्ने हो जुन बिल्कुल महशुस भैरहेको छैन !! के उनीहरु पनि जनताको यो उत्तकन्ठ अाकाक्षा पूरा गर्न गम्भीरता प्रस्तुत गर्ने हिम्मत राख्छन् । हेरुम!!!
सही हो मधेशवादी दलहरूवीच एकीकरण भएको हेर्न चाहन्छन् यहांका जनता ।
वल्ल वुद्धि पलाएछ मधेशी नेताहरुलाई