Saroj_Yadav_support
हुलाकी न्यूज, जनकपुरधाम ६ असार । सर्लाहीको नवलपुरमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आयोजना गरेको विरोध सभामा चुरे भावरसहित प्रहरीले गरेको हस्तक्षेपमा ज्यान गुमाएकी राधिका देवी दासको परिवारलाई सिलाई मेसिन प्रदान गरिएको छ ।

युवा व्यवसायी तथा अभियन्ता सरोज रायको सहयोगबाट स्व.दासकी छोरी शिवकुमारी दासलाई मेसिन उपलब्ध गराइएको हो ।

मसिर १७ गते दासको सर्लाहीमा मधेश आन्दोलनको क्रममा मृत्यु भएको थियो । व्यवसायी रायले जनकपुरस्थित आफ्नै निवासमा बोलाई दासकी छोरीलाई १४ हजार पर्ने मेसिन उपलब्ध गराएको हो ।

करिब ४ महिना पूर्व रायले शिवकुमारीलाई सिलाई सिख्न प्रोत्साहित गरी उनका आफ्नै ठाउँ हरिपुर, सर्लाहीमा सिलाई तालिम गराएका थिए ।

तालिम सकेपछि शिवकुमारीको अनुरोधमा रायले आफ्ना बुवा प्रो. डा. राम स्वार्थ रायबाट मेसिन शिवकुमारीलाई हस्तान्तरण गराएका हुन् ।
शिवकुमारीको एकमात्र भाई १२ वर्षीय राकेश दासलाई कक्षा १२ सम्म पढ़ाई दिने जिम्मा लिएको सरोज रायले २ महिना पूर्व उनलाई जनकपुरको क्याम्पस चौक स्थिति नोबेल ईगंलिश बोर्डिंग स्कुलमा भर्ना समेत गराई सकेका छन् ।

धेरै जसो शहिद परिवारले सरकारबाट १० लाख क्षतिपूर्ति पाए पनि यस परिवारले हालसम्म सरकारबाट कुनै सहयोग पाएको छैन । मंसीर १७ गते नवलपुरको आंदोलनमा मारिएका राधिका देवीको अन्तिम संस्कारभन्दा दुई दिन अघि १९ गते सर्लाहीको प्रमुख जिल्ला अधिकारीसंग शहिद घोषणा र क्षतिपूर्ति पाउने सहमति भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.