(कमजारे मुटु भएकाहरुले कृपय तलको तस्बिर नहेर्नु होला–सम्पादक)

हुलाकी न्यूज, भैरहवा २९ भदौ । रुपन्देहीको बेथरीमा प्रहरीको गोलीबाट बालक र किशोरीसहित चार जना मारिएको स्थानीयवासीहरुले बताएका छन् । तर प्रहरीले गोली नै नचलेको दाबी गरेका छन् ।

भैरहवा–लुम्विनी सडक खण्डमा पर्ने बेथरी पुल नजदिक प्रहरीले चलाएको गोली लागि दुई जना र घरमा खेली रहेका ४ वर्षीय बालक र घरमा रहेकी एक जना किशोरीको मृत्यु भएको जनाइएको छ ।

स्थानीय पत्रकारहरुले हुलाकी न्यूजलाई दिएको जानकारी अनुसार ४ वर्षीय बालक चन्दन पटेल, १४ वर्षकी रञ्जना क्षेत्री, ३५ वर्षकार राजकुमार बराई, ३५ वर्षकै विन्दु लाकोल मारिएका छन् ।

यसरी भयो घटना

तीन दिन पहिले प्रहरीले दुई जना प्रदर्शनकारीलाई पक्राउ गरेको थियो । त्यसको विरोधमा स्थानीयवासीहरुले प्रहरी कार्यालय घेराउ गरेका थिए ।

प्रहरी कार्यालय घेराउ गरेपछि स्थानीयवासी र प्रहरीबीच सहमति भएको थियो । त्यस सडक खण्डमा प्रहरीले स्कटिङ्ग गरेर कुनै पनि सवारी साधन नलग्ने सहमति भएको थियो । त्यसपछि मधेशी मोर्चाका कार्यकर्ताहरु अस्तिदेखि सैयंम भएर प्रदर्शन गर्दैै थिए ।

सहमति विपरीत आज अचानक प्रहरीले स्कटिङ्ग गरी ट्रकहरु लाग्न खोजे पछि प्रदर्शनकारीहरुले ट्रक रोकेको थियो । ट्रक रोकिएपछि प्रहरीले अन्दाधुन्द फाईरिङ्ग सुरु गरेको घाइतेहरुको भनाई रहेको छ ।

प्रहरीले फाईरिङ्ग सुरु गरेपछि प्रदर्शनकारीहरु भागे । केही प्रदर्शनकारीहरु लुक्न थाले । तर प्रहरीले निरन्तर फाईरिङ्ग गरे जसबाट घरमा रहेकी १४ वर्षीय एक किशोरीको पनि मृत्यु भयो ।

बेथरी पुल नजिकै बजार पनि लाग्ने गरेको छ । बजार गर्न आएका सर्वसाधारणहरुलाई पनि प्रहरीले गोली हाने । मारिने अधिकांश बजार गर्न आएकाहरु हुन् ।

यता हुलाकी न्यूज सहकर्मीहरुले दिएको जानकारी अनुसार मृतकको संख्या बढ्न सक्छ भने घाइतेहरुको अवस्था चिन्ताजनक रहेको छ ।

 

Rupandehi-Protest 3 Rupandehi-Protest 4 Rupandehi-protest2 Rupandehi-Protest6

 

Rupandehi Protest

 

 

9 COMMENTS

  1. so shocked and full of tears to see the untimely and cruel death of innocent people. Let the culprits be punished by law. Let us stop all these types of action in any form. This is political problems and all the leaders are requested to solve it politically. Let the people not be victims in between the fights of politicians.

  2. प्रहरीको आफुले गोली नचलाएको दावी छ भने fire arm expert ले प्रहरिहरुसंग भएको वन्दुक, गोली र घाचोटको प्रकृति ( अझै घटना स्थलमा गोली वा खोका फेला परे अति उत्तम) परिक्षणवाट स्पष्ट हुने नै छ। यो दुखःद घटनाको पटक्षेप हुनु जरुरी छ।

    • hijo bhairahwa najik bethari ma hatbazar lageko thiyo.manxe bazar aayeka thiye tyahi bela truck haru aauda 5-10 jana nihattha janatale truck rokne pryas gareka thiye ki taha ko Janta mathi police bata adhadundh goli prahar garer marne kaam vo ani thulo sankhya ma police le gau gau ma paser kutpit garne kaam vo tyas paxi turant karfu layee ausadhi samet garauna jaan na diyeko .balbalika mahila sabai mathi goli prahar gari. Yo madhesi layee madhesh bata bhagaune prayas.

      • tapai lai nepal ko maya lagdaina ho… k tapai nepali haina ho… ho prahari bata thulo galti bho tara k thaha tyo prahari terai ko madeshi pani huna sakcha haina ra… hami sab nepali hau saley yo chor neta haru ko lai lai ma lagera kina terai ko madeshi n pahad ko pahadi bhanera jhagada garnu lageko…

  3. Jantalai sadak andolanmai chodera ani kendreta ladera sambidhan banaunu vaneko balwko agoma ghiu thapnu barabar ho. Parsasanik damanle desma santiko diyo jaldaina kebal tesle ta ak aapasma parti rodhstmak chamatkar lyaune kam garcha.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.