
हुलाकी न्यूज, विराटनगर ५ असार । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेशी, आदिवासी जनजातिको अधिकारका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन् ।
मधेशी र जनजातिहरुको माग सम्बोधनका लागि संविधान संशोधनमा कांग्रेस र एमाले बाधक रहेको आरोप प्रचण्डले लगाएका छन् ।
उनले मधेशको समस्या समाधान नभई चुनावको वातावरण बन्न गाह्रो हुने दाबी समेत गरेका छन् ।
उनले अहिले चुनावभन्दा पनि देशको आवश्यकता राष्ट्रिय एकता रहेको धारणा राखेका छन् ।



