mahato-rajendra-oli
हुलाकी न्यूज, काठमाडौं ५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशी मोर्चाका माग वार्ताबाटै सम्बोधन गर्न सकिने भन्दै मोर्चाका नेताहरुलाई वार्तामा आउन आग्रह गरेका छन् ।

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवसँग शनिबार छुट्टाछुट्टै टेलिफोन गरी ओलीले यस्तो माग गरेका छन् ।

सद्भावना पार्टीका अध्यक्ष महतोलाई प्रधानमन्त्रीले अनौपचारिक छलफलका लागि आउन आग्रह गरेको जानकारी सो पार्टीका एक नेताले दिए ।

प्रधानमन्त्रीसँग केकस्ता विषयमा वार्ता गर्ने भन्नेमा पार्टीका केही शीर्ष नेतासँग शनिबार अपराह्न अनौपचारिक परामर्शसमेत गरेका थिए । महतोले प्रधानमन्त्रीले वार्तामा आउन आग्रह गरे पनि त्यसको औचित्य नरहेको बताए ।

महतोले भने, ‘मोर्चाले पठाएको सातबुँदे माग कार्यान्वयन गर्ने वातावरण नबनेसम्म भेटदिँन । प्रधानमन्त्रीलाई मोर्चाका सबै नेताले भेट्न पाउनुपर्छ । एक्लाएको भेट्नुको औचित्य छैन ।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.