अर्कना खातुन, काठमाडौं, ४ असार ।
शनिबार काठमाडौंको बागबजारमा IHH Turkey तथा WEFA Germany को सहयोगबाट इस्लामी संघ नेपाल बागमती तथा गण्डकी अञ्चल कार्यलयको आयोजनामा गरिब तथा विपन्न परिवारलाई खाद्यन्न सामाग्री वितरण गरिएको छ । विपन्न रहेका मुस्लिम समुदायहरुलाई चामल, दाल, तेल, चिनी र नुन वितरण गरियो ।

प्रत्येक परिवार गरि ३०० जना परिवारलाई एक बोरा चामल, दुई किलो दाल, दुई किलो चिनी, दुई लिटर खाने तेल र एक किलो नुन वितरण गरियो, इस्लामी संघ नेपाल बागमती तथा गण्डकी अञ्चलका अध्यक्ष इर्शाद अलि शेखले जानकारी दिए ।
उनले बताए, ‘रमजान महिनामा सक्दो गरिबहरुलाई दान दिनुपर्छ । यस महिनामा आफुले कमाएको मध्ये ढाई प्रतिशत रकम विपन्न परिवारलाई दान दिनु पर्ने धार्मिक नियममा रहेको छ, त्यसैका आधारमा यो कार्यक्रम गरिएको उनले बताए ।’

त्यसै गरि नेपालमा धार्मिक, शैक्षिक, सामाजिक तथा साँस्कृतिक क्षेत्रमा विगत ३० बर्ष देखि विभिन्न सहयोग तथा कार्य गर्दै आइरहेको इस्लामी संघ नेपालले देशका अन्य जिल्लाहरुमा पनि यस महिनामा खाद्यन्न वितरण कार्यक्रमको साथै सामुहिक इफ्तारको कार्यक्रम (व्रत तोड्न खाइने खाना) गराउँदै आएको जानकारी समेत उनले दिए ।
त्यहाँ उपस्तिथ रहेका ज्यालादारी कामदार सकिलुद्दीनले खाद्यान्न सामाग्री सहयोग पाए पछि व्रत बस्न सहज भएको बताए ।



