
हुलाकी न्यूज, काठमाडौं ४ असार । ‘पहिचान, स्थायित्व र समृद्धिका लागि मधेशी एकता’ मूल नाराका साथ अमेरिकामा बस्ने आप्रवासी मधेशीहरुको संस्था एसोसिएसन अफ नेपाली तराइयन इन अमेरिका (एन्टा)को चौथो महाधिवेशनको मिति घोषणा भएको छ ।
सेप्टेम्बर १० तदनुसार भाद्र २५ गते अमेरिकाको कोलम्बस ओएच भन्ने ठाउँमा हुन लागेको महाधिवेशन मूल आयोजक समितिले जनाएको छ ।
कोलम्बस ओएचको डब्लिन ग्रानभिले रोडमा पर्ने कम्फोर्ट इन नर्थ कन्फेरेन्स सेन्टरमा चौथो महाधिवेशनको कार्यक्रम सम्पन्न हुने एन्टाका अध्यक्ष डा.जेपी साहले एक विज्ञप्ति जारी गरी जनाएका छन् ।



