
हुलाकी न्यूज, काठमाडौं ३ असार । काठमाडौंकेन्द्रित संघीय गठबन्धनले थालेको आन्दोलनको तेस्रो चरणको कार्यक्रम रिले अनसन आज ११औं दिनमा प्रवेश गरेको छ ।
गठबन्धनले बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म रिले अनसन गर्दै आएको छ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको संघीय गठबन्धनले सुरु गरेको रिले अनसनमा विभिन्न राजनीतिक दलका नेताहरु, मानवअधिकारवादी, बुद्धिजीबीलगायतले समर्थन जनाउँदै आएको छ ।



