हुलाकी न्यूज
जनकपुरधाम / जलेश्वर २९ भदौ । जनकपुरधाममा प्रहरीको गोलीबाट मारिएकाहरुको शव यात्रामा जनसागर ओर्लेको छ । अर्कोतिर जलेश्वरमा कर्फयूका बिच शव यात्रा निकालिएको छ ।

जनकपुरधामको बारह विगहा मैदानबाट निकालिएको शव यात्रामा जनकपुरवासीसहित ग्रामीण क्षेत्रका हजारौंको संख्यामा जनसहभागिता रहेको छ । शव यात्रामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्तासहित स्वस्फूर्तरुपमा सर्वसाधारणहर सहभागी भएको छन् ।

त्यस्तै नेपाली काँग्रेस, नेकपा एमाले र माओवादीका कार्यकर्ताहरु पनि शव यात्रामा देखिएका छन् । जनकपुरधाममा प्रहरीको गोलीबाट मारिएका तीन जनाको एकै साथ शव यात्रा निकालिएको छ ।

यता जलेश्वरमा स्थानीय प्रशासनले शव यात्रा निकाल्नमा रोक लगाएपनि कर्फयूका विच शव यात्रा निकालिएको छ । जलेश्वरमा पनि हजारौंको संख्यामा शव यात्रामा सहभागी भएका छन् ।

प्रहीको गोलीबाट मारिएका ६ जनाको शव यात्रा एकै साथ निकालिएको हो ।

जनकपुरधाम र जलेश्वरी गरी आजै ९ जनाको शव यात्रा निकालिएको छ ।

 

Jaleswar
Jaleshwar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.