
हुलाकी न्यूज, भक्तपुर ३ असार । वार्ताको वातावरण निर्माणका लागि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको सातबुँदे सर्तमाथि सरकार सकारात्मक रहेको सूचना तथा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता शेरधन राईले बताएका छन् ।
रफत सञ्चार क्लवले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री राईले जायज मागको सम्बोधन गर्न सरकार तयार रहेको बताए ।
उनले मधेश अन्दोलनको नेतृत्वले सात बुँदे माग राखेको र त्यसका बारेमा सकारात्मकका छलफल भइरहेको भन्दै वार्ताकै माध्यमबाट समस्या समाधान हुने समेत दाबी गरे ।
बजेटमा सबै विषयलाई सम्बाोधन गर्न नसकेता पनि श्रमजीबी पत्रकार ऐन लागूका बिषयमा निजि सञ्चार गृहहरुसँग छलफल भईरहेको र सबै सकारात्मक रहेकाले अब छिट्टै यो एन लागू हुने मन्त्री राईले बताए ।



