
हुलाकी न्यूज, काठमाडौं ३ असार । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव अष्ट्रेलियामा एक कार्यक्रममा सहभागी हुने भएका छन् ।
फोरम नेपालको भ्रातृ संगठन संघीय समाज फोरमको साधारण सभामा भाग लिन आज १ः०५ बजेको फ्लाइटबाट अष्ट्रेलिया जाँदैछन् ।
भ्रमण अवधी मा आष्ट्रेलियाको सिड्नीमा रहेका नेपाली मूलका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
साथै केही स्थानीय र फेडरल सांसद तथा नेताहरुसँग समेत भेटवार्ता हुने कार्यक्रम पनि रहेको सो फोरमका स्थानीय संगठनले जनाएको छ ।



