हुलाकी न्यूज, काठमाडौं २ असार । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउत सवार गाडी दुर्घटनामा परेको छ ।

बारा जिल्लाको बनगढी पुल नजिक डा.राउतसहित परिवारजन तथा कार्यकर्ताहरु सवार स्कोरपियो गाडी दुर्घटना भएको हो ।

दुर्घटनामा भने कुनै क्षति नभएको स्वतन्त्र मधेश गठबन्धन धनुषाका संयोजकले हुलाकी न्यूजलाई बताएका छन् ।

डा.राउत परिवारसहित गढीमाईमा पुजा गर्न बारा पुगेका थिए । दिउँसो करिब चार बजेतिर गाडि दुर्घटनामा परेको थियो । विहीबार साँझ डा.राउत परिवारसहित जनकपुरधाम पुगेका छन् ।

Ck_raut_gadi

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.