
हुलाकी न्यूज, इनरुवा १ असार । नेपाल सद्भावना पार्टीका केन्द्रीय अध्यक्ष अनिल कुमार झाले सरकारले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई वार्ताका लागि पछिल्लो समयमा तेश्रो पटक गरेको आह्वान र पठाएको पत्र सकारात्मक रहेको बताएका छन् ।
सुनसरीको इनरुवामा कार्यकताहरुलाई सम्वोधन गर्दै अध्यक्ष झाले वार्ताका लागि सरकारले पठाएको पत्रमा आश्चर्यजनक रुपले शालिन भाषा प्रयोग गरिएको बताए । पत्रको आसय बुभ्mदा सरकार वार्ता प्रति गम्भीर र जिम्मेवार रुपले प्रस्तुत हुनसक्ने सम्भावना रहेको पुर्वानुमान समेत लगाए ।
उनले वार्तामा कस्तो छलफल हुने त्यो पछिको कुरा रहेको वताउदै मोर्चालाई वार्तामा जादाँ कुनै घाटा नहुने बरु सरकार र शासक वर्गको मनसाय उजागर गर्न सहयोग हुने बताउदै त्यसर्थ मोर्चा आप्mनो तर्फबाट पछि हटन नहुने पनी उनले बताए ।
सरकारले गरेको वार्ताको लागी आह्वान प्रति मोर्चाका विभिन्न नेताको विभिन्न प्रतिक्रिया आएको वारेमा पत्रकारको प्रश्नमा उनले यस वारेमा आएका सबै प्रतिक्रिया मोर्चाका सम्बन्धित नेताको व्यक्तिगत प्रतिक्रिया रहेको वताउदै मधेशी मोर्चाको वैठक नवसुन्जेलसम्म यसबारे कुनै पनि प्रतिक्रिया आधिकारीक र औपचारिक नभइ व्यक्तिगत हुने वताए ।
उनले मोर्चाको छिटै नै वैठक वसेर यसबारे निर्णय हुने वताउदै मोर्चा वार्ताका लागि साकारात्मक रहेको समेत संकेत दिए । मोर्चाका नेता तथा संघिय फोरमका अध्यक्ष उपेन्द्र यादवको आइरहेको प्रतिक्रिया प्रति उनले केहि वताउन चाहेन ।
इनरुवाको पार्टी कार्यालयमा जिल्ला अध्यक्ष चन्देश्वर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वहाँले आ–आप्mनो ठाउबाट इमान्दारीताका साथ संगठन र जनताको काम गरेर पार्टीलाई मजवुत वनाउन कार्यकताहरुलाई झाले आग्रह गरेका थिए ।
त्यसैगरि सुनसरीकै मध्यहर्साहीमा विभिन्न पार्टी परित्याग गरि सयौ कार्यकर्ता नेपाल सदभावना पार्टीमा प्रवेश गरेका थिए । अध्यक्ष झाले नवप्रवेशीहरुलाई फुलमाला तथा अविर लगाई पार्टी प्रवेश गराएका थिए । कार्यक्रममा पार्टीका महासचिवद्वय राजीव झा र सुनील रोहित लगायत जिल्लाका नेताहरुको व्यापक उपस्थिति रहेको थियो ।



