bimlendra nidhi
हुलाकी न्यूज, काठमाडौं १ असार । संविधानमा असन्तुष्टी जनाउँदै आन्दोलनरत मधेशी मोर्चाको रिले अनशन जायज भएको नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले बताए ।

उनले भने,‘माग पूरा गराउन शान्तिपूर्ण रिले अनशन बस्नु अधिकार नै हो, यसमा टिप्पणी गर्नुहुँदैन् ।’ आन्दोलनरत पक्षले उठाएका सींमाकन, जनसंख्याको आधारमा निर्वाचन र नागरिकता लगायतको विषयमा सहमति खोज्न आफ्नो पार्टीले पटक पटक ईनिसियसन लिएपनि एमाले पार्टी बाधक भएको आरोप लगाए ।

रिपोर्टर्स क्लबमा मंगलबार आयोजित एक कार्यक्रममा उनले भने,‘समस्याको निकास खोज्न सरकार जिम्मेवार भएन्, गम्भिरता देखाउन जरुरी छ ।’

आन्दोलन पक्षले उठाएका माग पूरा गराउन मौखिक प्रबिद्धता आएर मात्रै नहुने भन्दै संविधान संशोधन गर्दै मुद्दाको सम्बोधन गर्नुपर्ने उनको भनाई थियो ।

उनले आन्दोलनकारीको माग जायज भएपनि यसवारेमा एमाले र यसको अध्यक्ष केपी शर्मा ओलीको जिद्दिपनले गर्दा ठोस समाधान ननिस्किएको आरोप लगाए ।

यद्धपी काँग्रेस अझैपनि वार्ताबाटै समस्याको समाधान होस भनेर लागिपरिरहेको र यसको अग्रसरता लिन तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

फरक प्रसंगमा नेता निधिले अहिले राष्ट्रिय सहमतिको सरकारको कुनै आवश्यकत्ता नरहेको दाबी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.