
हुलाकी न्यूज, कपिलवस्तु १ असार । कपिलवस्तुमा आइतबार साँझ सशस्त्र प्रहरी जवानबाट सामूहिक रुपमा भएको बलात्कारको न्याय माग्दै विभिन्न मानवअधिकारकमीले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरेका छन् ।
आइतबार राती ८ बजे शिवराज न.पा. १० नौडिहवाकी बोल्न नसक्ने कोपिला थारु (नाम परिवर्तित) लाई सशस्त्र प्रहरी बल विन्दवासिनीका जवानबाट सामुहिक रुपमा भएको बलात्कार घटनाको घोर भत्र्सना गर्दै आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सर्वसाधरणको सुरक्षा संवेदनशिलता प्रति उत्तरदायी बन्नु पर्ने सुरक्षा निकायमा कार्यरत सुरक्षाकर्मी बाटै यस्तो घृणित कार्य हुन निकै निन्दनिय कार्य उल्लेख गर्दै अपराधिलाई कडा भन्दा कडा कारबाहि गर्नु पर्ने माग गरेको छ ।
घटनामा कुनै एक मात्र व्यक्ति पीडक नरहेको र सामुहिक रुपमा घटाइएको भन्दै घटनाका सबै दोषिलाई कानुनी दायरामा ल्याउनु पर्ने र पिडित महिलाको सम्पूर्ण उपचारको ब्यवस्था मिलाई उचित न्याय दिनु पर्ने मानव अधिकारकर्मीहरुले जोडदार माग गरेका छन। यदि कुनै पनि कारण देखाई घटनालाई ढाकछेप गर्न खोजिए वा किनार लगाउन खोजिए आफुहरुले कडा भन्दा कडा आन्दोलनका कार्यक्रम लाई अघि बढाउने विज्ञप्तीमा जनाएका छन ।
महिला मानव अधिकार रंक्षक संजाल अध्यक्ष मिना परियार, मानव अधिकार प्रतिष्ठान शाखा कार्यालय कपिलवस्तु शाखा प्रमुख बिष्णु प्रसाद खतिवडा, शिवराज नगर स्तरिय अपांग पुर्नस्थापन समिति अध्यक्ष दिपक खड्का, दियालो नेपाल गिता पौडेल ,एशिया मानव अधिकार तथा साास्कृतिक विकास मञ्च काशिराम घिमिरे ,सगरमाथा वेल्फेयर शोसाईटि नेत्र बेल्बासे , सामाजिक विकास मञ्च का विष्णु अधिकारी , सहज नेपाल कपिलवस्तुका शम्भु सेन, सामाजिक न्यायका लागि एकल महिला सञ्जाल कमला भुसाल, लैङ्गगिक हिंसा न्युनिकरण समन्वय समिति जगत जि सि द्धारा हस्ताक्षरित विज्ञप्तीमा पिडितले न्याय पाउनु पर्ने र पिडकलाई कडा भन्दा कडा कारबाहि गर्नु पर्ने जनाएका छन ।



