वृजराज कुशवाहा, नवलपरासी २९ भदौ । मधेश आन्दोलनमा होमिएका संयुक्त लोकतान्त्रिक थरुहट मधेशी मोर्चाले नवलपरासीमा मंगलवार निषेधाज्ञा तोडेको छ । जिल्ला प्रशासनले भदौ ७ गतेदेखि लगातार रुपमा लगाउदैं आएको निषेधाज्ञा मोर्चाका कार्यकर्ताले विभिन्न स्थानमा उपस्थिती जनाई तोडेका हुन् । मोर्चाले निषेधाज्ञा तोड्न छापामार शैली अपनाएको थियो ।

मोर्चाका कार्यकर्ताहरु एकाएक रुपमा निषेधित क्षेत्रमा उपस्थित भई सदरमुकाम परासी बजारको व्यस्त सडक स्थित महेशपुर चोक, पुरानो नगरपालिका चोक र लोकतान्त्रिक चोक लगायतका स्थानमा टायर बालेर नारावाजी गर्दै प्रदर्शन गरेका थिए ।

निषेधाज्ञा तोडनका लागि मोर्चाले प्रहरीको ध्यान बाहिर तान्ने रणनीति बनाई परासी पुर्वतर्फ शान्तिचौरमा फोरम लोकतान्त्रिकका नेता सुवाष गिरीको नेतृत्वमा एक समुहमा मोर्चाबन्दी गरेको थियो । समुहले निषेधित क्षेत्रमा प्रवेश गर्ने योजना बनाएको झझल्को दिएकोले प्रहरी पनि सो स्थानमा मोर्चाबन्दी गरेको थियो । आन्दोलनकारीले शान्तिचौर क्षेत्रबाट निषेधाज्ञा तोडेका छन् ।

निषेधाज्ञा तोडने रणनीति बमोजिम नै मोर्चाका संयोजक मुकुरजी गिरीको नेतृत्वको अर्काे समुह बालगोविन्द पेट्रोल पम्पचोकमा पनि प्रहरीको ध्यान आफुतर्फ तान्नका लागि मोर्चाबन्दी गरी प्रदर्शन गरीरहेको थियो । निषेधिज्ञ क्षेत्रमा प्रवेश गर्न खोज्दा प्रहरी र आन्दोलनकारीबीच झडप समेत भएको छ । प्रहरीले लाठीचार्ज गरी आन्दोलनकारी लाई तितरबितर पारेको थियो । निषेधित क्षेत्रमा प्रवेश गर्न बल गर्दा आन्दोलनकारीको प्रहरीसंग समान्य झडप भएको मोर्चा संयोजक मुकुर जी गिरीले जनाएका छन् । मोर्चाका कार्याकर्ताले मन्झरिया चोकमा समेत प्रदर्शन गरेका थिए ।

 

Nawalparasi-2

शान्तिचौर, बालगोविन्द पेट्रोलपम्पचोक र मन्झरिया चोकमा मोर्चाका कार्यकर्ताहरु प्रदर्शन गरेका कारण प्रहरीले परासीको तिनवटै नाकामा मोर्चाबन्दी गरेको थियो । मोर्चाबन्दी भैरहेको अवस्थामा मोर्चाका केही कार्याकर्ता बजारको निषेधित क्षेत्रमा प्रवेश गरीसकेका थिए र चोकचोकमा टायर बालेर नारावाजी गर्दै निषेधाज्ञा तोडेका थिए । बालगोविन्द पेट्रोलपम्पचोकमा कोणसभा सम्पन्न गरेका छन् ।

आन्दोलनकारीले बन्दको अवज्ञा गरेको भन्दै आज लु ९ प ४४५१ नं. को मोटरसाईकलमा तोडफोड गरेका छन् । साउन २५ गतेदेखि लगातार बन्दको मारमा परेको नवलपरासीमा भदौ ७ गतेदेखि पटक पटक म्याद थप्दै जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको छ । विगत लामो समयदेखि आन्दोलन चलीरहेको अवस्थामा रक्षाबन्धनदेखि मोटरसाइृकल चलाउन, विद्यालय र पसल खोल्नका लागि केही सहुलियत दिएका आन्दोलनकारीले ठुला ३ दलले पेलेर संविधान जारी गर्न खोजेको भन्दै मोर्चाले बन्दको अवस्थालाई कडा पारेको छ । हिजो सोमवार दिनभरी प्रचारप्रसारमा व्यस्त रहेको मोर्चाले आज निषेधाज्ञा तोडने रणनीति बनाएको थियो ।

मोर्चाले गाविस तथा उपस्वास्थ्य चौकी लगायतका सरकारी कार्यालयमा मधेश सकार लेख्ने काम थालेको छ । सनई, गेर्मी, पाल्ही, कुश्मा, देवगांव, हरपुर और रमपुरवा गाविसको कार्यालयमा मधेश सरकार लेख्नुका साथै सो कार्यालयहरुमा तालाबन्दी समेत गरेको छ । सदरमुकाम परासी स्थित जिल्ला कार्यालयहरुमा राजश्व असुल्ने काम बन्द गराएको छ भने सबै प्रकारका सेवा समेत बन्द गराएपछि जिल्ला कार्यालयहरु ठप्प बनेका छन् । कर्मचारीहरु बेकाम बनेको अवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.