
हुलाकी न्यूज, काठमाडौं ३२ जेठ । मधेशी विद्यार्थी फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष कपलेश्वर यादव मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)को केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।
विगत दुई दशकदेखि विद्यार्थी राजनीतिमा सक्रिय यादवलाई पार्टी अध्यक्ष विजयकुमार गच्छदारले केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।
पार्टी स्थापनाकालदेखि लोकतान्त्रिक विद्यार्थी फोरमको अध्यक्षको जिम्मेबारी सम्हाल्दै आएका यादव त्यसअघि नेपाल विद्यार्थी संघबाट राजनीति गर्दै आएका थिए ।
केन्द्रीय सदस्य मनोनित भएपछि हुलाकी न्यूजसँग कुराकानी गर्दै यादवले पार्टीले दिएको जिम्मेबारी कुशलतापूर्वक सम्हाल्ने बताउँदै पार्टी नेतृत्वलाई धन्यवाद ज्ञापन गरे ।
ढिलो भएपनि पार्टीले आफ्नो मुल्यांकन गरेको बताउँदै अन्य मधेशवादी पार्टीहरुले पनि युवा तथा विद्यार्थीहरुलाई नेतृत्व पंतिमा ल्याउनु पर्ने यादवले बताए ।



