
हुलाकी न्यूज, काठमाडौं ३२ जेठ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको संघीय गठबन्धनले गत मंगलबारदेखि सुरु गरेको रिले अनसनमा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले ऐक्यबद्धता जनाएका छन् ।
वैद्यले गठबन्धनले उठाएको २६ बुँदे जायज रहेको बताउँदै आफ्नो पार्टीको समर्थन रहेको बताए । उनले अहिलेको संविधान सबैलाई नसमेको दाबी गरे ।
वैद्यले अहिलेको संविधान जनताको संविधान नभएकाले सबैलाई समेट्ने किसिमको संविधान बनाउनुपर्नेमा जोड दिए ।
असार मसान्तभरि आयोजना गरिने रिले अनसन बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म चलिरहेको छ ।



