raped by police
हुलाकी न्यूज, कपिलवस्तु ३१ जेठ । सर्वसाधारणको सुरक्षाका निम्ति खटिएका प्रहरी नै बलात्कारी भएपछि किन चाहियो प्रहरी प्रशासन ? अपराध नियन्त्रण गर्नेले नै अपराध गर्न थालेपछि आफ्ना सुरक्षाका लागि कहाँ जाने ? यस्ता प्रश्नहरु अहिले तेर्सिएको छ ।

कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं. १० मा सुरक्षाकर्मीहरुबाट नै एक महिला सामूहिक बलात्कृत भएकी छन् ।
हिजो आइतबार साँझ करिब ८ बजे अन्दाजी ३५ वर्षीय बोल्न नसक्ने थारु सामुदायकी महिला बलात्कृत भएको प्रहरीले जनाएको छ ।

चन्द्रौटामा रहेको शसस्त्र प्रहरी बल विन्ध्यवासीनी गणको पश्चिम  छेउमा  सो घटना भएको स्थानीयले बताएका छन् ।
साँझ महिलाले भैसी चराउन आएको बेला मौका छोपी शसस्त्र प्रहरी बल विन्ध्यावासिनी गणका करिब ८ देखी १० जनाको समूहले उनलाई सामतेर हातखुट्टा बाँधेर झाडीमा फालेका थिए । अँध्यारो भएपछि बलात्कार गरेको पीडित महिलाले बताइन् ।

घटना स्थलमा सशस्त्र प्रहरी बल विन्ध्यावासिनी गणको गेम ड्रेस एक, जोर चप्पल, चुरा, साबुन फेला परेको छ ।
यसैबीच सशस्त्र प्रहरी जवान लोकराज वस्तीलाई वलात्कारको अभियोगमा वडा प्रहरी कार्यालय चन्दौटामा बुझाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.