Nepal_sadbhawana_party
हुलाकी न्यूज, सिरहा ३१ जेठ । नेपाल सदभावना पार्टी संगठन विस्तारमा सक्रिय देखिएको छ । आन्दोलरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका अन्य घटकहरुले आन्दोलनको क्रममा पार्टी प्रवेशलाई तीब्रता दिएपछि नेसपाले पनि कार्यकर्ताहरुको आग्रहमा संगठन विस्तारलाई तीब्रता दिएको महासचिव राजिव झाले हुलाकी न्यूजलाई बताए ।

झाका अनुसार नेपाल सदभावना पार्टीप्रति जनआकर्षण बढेकोले संगठन सुदृढिकरणमा ध्यान दिइएको हो ।

संगठन विस्तारकै क्रममा सोमबार सिरहामा कार्य समिक्षा र भावी योजनासँगै छलफल गरिएको छ ।

सिरहा, उदयपुर र सप्तरीका जिल्ला अगुवा नेता कार्यकर्ताहरुको सिरहाको सुखीपुरमा वृहत्त वैठक सम्पन्न गरेको महासचिव झाले बताए ।

पार्टीका राष्ट्रिय अध्यक्ष अनिल कुमार झाले अध्यक्षता गरेको उक्त कार्यक्रममा मधेश र देशको समसामयिक राजनीति, मधेश आन्दोलनको समिक्षा, जारी काठमाण्डौ केन्द्रित आन्दोलन, पार्टीको सगठन विस्तार तथा मधेशको विकास सम्वन्धि पार्टीको दृष्टिकोण बारे कार्यकर्ताहरुलाई बिस्तृत जानकारी गराएको महासचिव झाले बताए ।

कायक्रममा अध्यक्ष झाले मधेशको मुक्तिका लागि लड्दै आएको नेपाल सदभावना पार्टीलाई मजवुती प्रदान गर्नका सम्पूर्ण कार्यकर्ताहरु इमानदारीताका साथ आगाडि बढ्न आग्रह गरे ।

कार्यक्रममा पार्टीका उपाध्यक्ष राम नारायण यादवले आजै प्रधानमन्बी केपी ओलीको हस्ताक्षरित पत्र पार्टीलाई प्राप्त भएको र त्यसको जवाफ संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठकबाट दिइने बताए ।

कार्यक्रममा महासचिव सुनिल रोहितले सांगठनीक मजवुतीका लागि कार्यकताहरु संगठीत हुनु जरुरी रहेको बताए ।

पार्टीले संगठन विस्तारको क्रममा मंगलबार सुनसरी र मोरंगको संयुक्त कार्यक्रम सुन्सरीको कप्तानगंजमा तथा अषाढ १ गते झापाको भद्रपुरमा कार्यक्रम गर्ने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.